मलाई मार्न विप्लवले माइन्युट गरेछन्, प्रचण्ड बन्न मन छ भने क्रान्तिको नयाँ बाटो खोज्नुस्ः प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष प्रचण्डले विप्लवले आफुलाई मार्ने भनेर माइन्युट तयार पारेर राखेको खबर पाएको जनाएका छन् । विप्लव आफ्नै सचिवालयमा रहेर लामो समय काम गरेको स्मरण गर्दै प्रचण्डले भने, प्रचण्ड बन्ने प्रयास नगर्नुस्, इतिहाँसले एक पटक मलाई प्रचण्ड बनाइ सक्यो । परिस्थिति परिवर्तन भइसकेको छ । यसरी क्रान्ति गर्न खोजे दुर्घटना निम्तिन सक्छ ।

 

प्रचण्डले विप्लवलाई सुझाव दिदै भने, क्रान्ति नै गर्ने हो र प्रचण्ड नै बन्ने हो भने यसरी हुँदैन । नयाँ तरिकाले क्रान्तिको मोडेल बनाउनुस् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

 

मन्त्रिपरिषद्को बैठकले गत मंगलबार नेत्रविक्रम विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गर्यो । यो निर्णयप्रति पार्टी कै नेताहरु आलोचनामा उत्रिएका छन् ।विप्लव समूहका आतंककारी र आपराधिक बढ्दै गएको ठहर गर्दै सरकारले उस्लाई प्रतिवन्ध लगाउने निर्णय गरेको हो । यो पार्टीले गत फागुन १० गते ललितपुरस्थित एनसेलको मुख्यालयमा बम विस्फोट गरेको थियो ।

 

यस्तै देशैभरका दर्जनौं एनसेल टावरमाथि भएको आगजनी गराएका थियो । गत शुक्रवार नेपाल म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा बम विस्फोट गराएको थियो ।जतिखेर विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परे । त्यही समयमा प्रहरीले एउटा डायरी फेला पार्यो । उक्त डायरीमा मुख्य–मुख्य आर्थिक सहयोगीको नाम टिपिएको थियो ।यस्तै भावी योजना र रणनीतिहरु बारे समेत टिपोट गरिएको थियो ।

 

प्रहरीले फेला पारेको उक्त डायरीमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा अध्यक्ष प्रचण्डसम्मलाई गिरफ्तार गर्ने डरलाग्दो योजना बनाइएको भेटिएको थियो ।

 

यस्तै सोही डायरीमा उनीहरुलाई चन्दा सहयोग गर्नेहरुको नाम समेत त्यहाँ रकम सहित उल्लेख गरिएको थियो ।सो डायरीमा जेम्स स्कुलका मालिक राजेश खड्काले २० लाख, काठमाडौं मेडिकल कलेजले १५ लाख, प्रसादी एकेडेमीले १० लाख, गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख, नाइटिंगेल स्कुलले ५ लाख, हेलि एभरेष्टले १० लाख, निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख दिएको डायरीमा उल्लेख छ ।

 

त्यस्तै, सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख, औषधि माफिया विशाल पण्डितले ५ लाख, सुरेन्द्रबहादुर सिंहले १ करोड, ग्लोबल आइएमई बैंकले २० लाख,नोबेल मेडिकल कलेजले १५ लाख, रामबहादुर धितालले १ लाख, क्यासिनो किङ किशोर सिलवालले १ करोड, युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख, म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख, सुरेन्द्र अधिकारीले १० लाख दिएका छन् ।

 

हेटौंडामा सञ्चालित चिनियाँ लगानीको शिवम् सिमेन्टले १५ लाख, मारुती सिमेन्टले ५ लाख, अनिल अग्रवालले ५, सोनापुर सिमेन्टले ३ लाख, घोराही सिमेन्टले ५ लाख, एनबी ग्रुपले ३ लाख, गोल्छा अर्गनाइजेशनले ३ लाख, बुटवल पावर कम्पनी लिमिटेडले १ लाख, ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख, सुवास श्रेष्ठले १ लाख, निष्टका माधव बरालले ५ लाख, डाक्टर कनौडियाले १ लाख, सिर्जना राणाले १ लाख, रामेश्वर अर्यालले १ लाख, अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएको विवरण उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...