प्रियंका चोपडाबारे आमाले खोलिन यस्तो राज, थाहाँ पाउँदा सबै चकित !



हाम्रो इकोनोमि

 

केही साता पहिले बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर चर्चामा आएको थियो । चोपडा हालै आकाश अम्बानी र श्लोका मेहताको विवाहमा देखिएकी थिइन् । उनी आमा मधु चोपडा र भाइको साथमा देखिइन् । भाइको विवाह, अम्बानी परिवारको विवाह कार्यक्रम र आउन लागेको फिल्मको सुटिङ सकेर उनी अमेरिकी गइसकेकी छिन् ।

यसैबीच, प्रियंकासँग जोडिएको नयाँ जानकारी सार्वजनिक भएको छ । विदेश जानुभन्दा पहिला प्रियंका आफ्नी आमासँग मुम्बई अस्पताल गएको बलिउडमा चर्चा छ । खबरअनुसार प्रियंका आमाको साथ आधा राततिर मुम्बईको हिन्दुजा अस्पताल गएकी थिइन् । उनी आफन्त भेट्न गएको बताइएको छ ।

 

एक कार्यक्रममा प्रियंकाको फोटो सार्वजनिक भएको थियो, जहाँ उनको पेट हल्का बढेको देखिएको थियो । तस्बिर सार्वजनिक भएपछि उनी गर्भवती भएको खबर मिडियामा बाहिर आएको थियो । समाचार भाइरल भए पनि प्रियंका र निकबाट कुनै आधिकारिक धारणा बाहिर आएको छैन । हालै प्रियंकाकी आमा मधुले यसबारे बोलेकी छिन् ।

 

मिड डे म्यागजिनसँग कुरा गर्दै मधुले भनेकी छिन्, ‘यो केवल क्यामेराको गलत एंगलबाट तस्बिर लिइएका कारण भएको हो । त्यो अति खराब एंगल थियो । उसको आउटफिट खुब राम्रो थियो ।’ समाचार बाहिर आएपछि आफूले प्रियंकालाई फोन गरेको र उनले आफू थाकेका कारण त्यस्तो पोज आएको बताएको मधुले जनाएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...