प्रियंका चोपडाबारे आमाले खोलिन यस्तो राज, थाहाँ पाउँदा सबै चकित !



हाम्रो इकोनोमि

 

केही साता पहिले बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर चर्चामा आएको थियो । चोपडा हालै आकाश अम्बानी र श्लोका मेहताको विवाहमा देखिएकी थिइन् । उनी आमा मधु चोपडा र भाइको साथमा देखिइन् । भाइको विवाह, अम्बानी परिवारको विवाह कार्यक्रम र आउन लागेको फिल्मको सुटिङ सकेर उनी अमेरिकी गइसकेकी छिन् ।

यसैबीच, प्रियंकासँग जोडिएको नयाँ जानकारी सार्वजनिक भएको छ । विदेश जानुभन्दा पहिला प्रियंका आफ्नी आमासँग मुम्बई अस्पताल गएको बलिउडमा चर्चा छ । खबरअनुसार प्रियंका आमाको साथ आधा राततिर मुम्बईको हिन्दुजा अस्पताल गएकी थिइन् । उनी आफन्त भेट्न गएको बताइएको छ ।

 

एक कार्यक्रममा प्रियंकाको फोटो सार्वजनिक भएको थियो, जहाँ उनको पेट हल्का बढेको देखिएको थियो । तस्बिर सार्वजनिक भएपछि उनी गर्भवती भएको खबर मिडियामा बाहिर आएको थियो । समाचार भाइरल भए पनि प्रियंका र निकबाट कुनै आधिकारिक धारणा बाहिर आएको छैन । हालै प्रियंकाकी आमा मधुले यसबारे बोलेकी छिन् ।

 

मिड डे म्यागजिनसँग कुरा गर्दै मधुले भनेकी छिन्, ‘यो केवल क्यामेराको गलत एंगलबाट तस्बिर लिइएका कारण भएको हो । त्यो अति खराब एंगल थियो । उसको आउटफिट खुब राम्रो थियो ।’ समाचार बाहिर आएपछि आफूले प्रियंकालाई फोन गरेको र उनले आफू थाकेका कारण त्यस्तो पोज आएको बताएको मधुले जनाएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...