लमजुङको स्कुलमा अप्रिय घटनापछि कक्षा १० का विद्यार्थीहरु बीच खुकुरी हानाहान



हाम्रो इकोनोमि

 

लमजुङको बेसीशहर नगरपालिका ३ स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको छ । सोही स्कुलमा पढ्ने सञ्जीव तामाङको ४ जनाको समुहले कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजामालाई खुकुरी हानेको हो । उनीहरुबीचको झगडामा देउजाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

 

घाइते देउजाको लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका काठमाडौं लगिएको छ । देउजामाथि खुकुरी प्रहार गर्ने तामाङ समुहको ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । देउजा होस्टेलमा बस्दै आएका थिए ।

 

उनलाई होस्टेलबाट स्कुल आउदा कम्पाउण्ड बाहिर झगडा भएको र कम्पाउण्डभित्र पहिलो पिरियडमै थप झगडाहुँदा खुकुरी प्रहार भएको लमजुङ माविका प्रधानाध्यापक सीता बरालले जानकारी दिए । उनीहरुबीच महाशिवरात्रीमा भएको फुटवल प्रतियोगितामा भनाभन भएको बुभिएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...