लमजुङको स्कुलमा अप्रिय घटनापछि कक्षा १० का विद्यार्थीहरु बीच खुकुरी हानाहान



हाम्रो इकोनोमि

 

लमजुङको बेसीशहर नगरपालिका ३ स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको छ । सोही स्कुलमा पढ्ने सञ्जीव तामाङको ४ जनाको समुहले कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजामालाई खुकुरी हानेको हो । उनीहरुबीचको झगडामा देउजाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

 

घाइते देउजाको लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका काठमाडौं लगिएको छ । देउजामाथि खुकुरी प्रहार गर्ने तामाङ समुहको ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । देउजा होस्टेलमा बस्दै आएका थिए ।

 

उनलाई होस्टेलबाट स्कुल आउदा कम्पाउण्ड बाहिर झगडा भएको र कम्पाउण्डभित्र पहिलो पिरियडमै थप झगडाहुँदा खुकुरी प्रहार भएको लमजुङ माविका प्रधानाध्यापक सीता बरालले जानकारी दिए । उनीहरुबीच महाशिवरात्रीमा भएको फुटवल प्रतियोगितामा भनाभन भएको बुभिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...