५५ वर्षीय ससुराले ३३ वर्षीया बुहारीसँग गरे विवाहः भने, ‘यसकारण उठाएँ यस्तो कदम’



हाम्रो इकोनोमि

 

सामाजिक मूल्य मान्यतालाई तोड्दै ५५ वर्षीय जेलर निषादले आफ्नो जेठो छोराकी श्रीमतीलाई विवाह गरेका छन् । यसबारे गाउँलेलाई शनिबार थाहा भएपछि घटनाबारे पर्दाफास भएको हो । विवाह किन गरियो भन्ने प्रश्न सोधियो तब उनले यो विवाहलाई बाध्यताको नाम दिए ।

 

यस्तो छ पूरा मामलाः

घटना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँको हो । यहाँका जेलर निषादले जून १३ तारिखमा आफ्ना जेठो छोराकी श्रीमती पुन्नू (३३ वर्ष) सँग विवाह गरे । दुबैले गोप्य तरिकाले मन्दिरमा विवाह गरे ।

 

– शनिबार आफ्नो सम्बन्धबारे गाउँमा खुलासा गर्दै जेलरले भने, ‘यो विवाह गर्नु मेरो बाध्यता थियो । मैले छोराको धोकापछि बुहारीलाई नयाँ जीवन दिनका लागि यस्तो कदम उठाएको हुँ । छोराको व्यवहारमा म लज्जित छु ।’

 

– ‘मेरो छोरा दिलिपले अर्की महिलासँग विवाह गरेको छ । दोस्रो विवाह गरेपछि छोराको घर आउ–जाउ नै बन्द भयो । बुहारीमाथि चार सन्तानको जिम्मेवारी छ । म चाहन्थें कि उनले आफ्नो जीवन अगाडि बढाउन् । त्यसैले मैले उनको हात थामें ।’

 

चार वर्षदेखि छोरा घर फर्किएको छैनः

जेलरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । कामका लागि गएका दिलिपले दोस्रो विवाह गरे । जेलरका अनुसार छोरा अन्तिम पटक सन् २०१३ मा घर आएका थिए ।

 

 

गाउँलेले भने, ‘ससुरा बुहारीको सम्बन्धमा छोरालाई थियो शंका’

– एकतर्फ जेलरले आफ्ना छोरालाई धोकेबाज भनिरहेका छन् भने गाउँलेले उनलाई नै दोषी ठहराएका छन् ।

गाउँमा बस्ने रामशरणले भने, ‘दिलिप बिहान बेलुकाको छाक टार्न थुप्रै शहरमा गएर काम गर्दछन् । यसैबिच जेलर र उनकी बुहारी नजिकिए । एकपटक घर फर्किएका छोराले दुबैलाई आपत्तिजनक अवस्थामा पनि देखेका थिए । छोरा बुहारी बिच यसै कारण उनीहरुबिच झगडा हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...