विदामा घर आएका सैनिकले श्रीमतीलाई यस्तो हालत बनाए : कारण थाहा पाउँदा सबै अचम्मित



हाम्रो इकोनोमि

 

सैनिक जीवन आफैंमा एक मानसिक तनाबको जागिर हो । सैन्य क्षेत्रमा भएका व्यक्तिहरुमा सामान्य व्यक्तिको भन्दा धेरैं रिस उठ्ने विशेषज्ञहरु दावी गर्छन । सैनिकहरु घरमा आएर परिवारमाथि अत्याचार गरेका खबरहरु समयसमयमा बाहिर आइरहेका हुन्छन् । यस्तैं भारतको पञ्जाब राज्यमा पनि दुःखद घटना भएको छ ।

 

छुट्टीमा घर आएका एक जवानले आफ्नी पत्नीलाई मरणासन्न हुने गरि पिटेका छन् । उनले रक्सीले मातिएर महिलामाथि पशु भन्दा पनि क्रुर व्यवहार गरेको जनाइएको छ । पत्नीलाई उनले लठ्ठीले पिटेको भएपनि पिटाई यतिसम्म दर्दनाक भयो कि त्यो कसैंले सोच्न सक्दैन । उनले आफ्नी श्रीमतीलाई रातभरि पिटेको जनाइएको छ ।

 

जब उनी पिट्दा पिट्दै थाके अनी मात्रैं उनले पिट्न छोडेका थिए । उनीहरुको दाइजोको कुरामा सामान्य विवाद भएको र त्यसले उग्र रुप लिएपछि ति श्रीमानले पत्नीलाई अमानविय तरिकाले पिटेका थिए । श्रीमान सुते पछि श्रीमतीले आफ्ना माइतीलाई फोन गरेकी थिइन् ।

 

पतिको पिटाईबाट ति महिलाको हात भाँचिएको र काँध पनि भाँचिएको छ । शरिरका अन्य भागमा गम्भिर चोट लागेको देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ भने ति महिलाको उपचार भइरहेको छ ।

 

ति महिलाको नाम परमजित सिंह हो भने ति सैनिकको नाम निर्मल सिंह हो । उनीहरुको ११ वर्ष पहिले बिबाह भएको थियो, दाईजोको कारणले गर्दा उनीहरु बिच समयसमयमा विवाद भइरहने गरेको स्थानीयले बताएका छन् । Original News

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...