विदामा घर आएका सैनिकले श्रीमतीलाई यस्तो हालत बनाए : कारण थाहा पाउँदा सबै अचम्मित



हाम्रो इकोनोमि

 

सैनिक जीवन आफैंमा एक मानसिक तनाबको जागिर हो । सैन्य क्षेत्रमा भएका व्यक्तिहरुमा सामान्य व्यक्तिको भन्दा धेरैं रिस उठ्ने विशेषज्ञहरु दावी गर्छन । सैनिकहरु घरमा आएर परिवारमाथि अत्याचार गरेका खबरहरु समयसमयमा बाहिर आइरहेका हुन्छन् । यस्तैं भारतको पञ्जाब राज्यमा पनि दुःखद घटना भएको छ ।

 

छुट्टीमा घर आएका एक जवानले आफ्नी पत्नीलाई मरणासन्न हुने गरि पिटेका छन् । उनले रक्सीले मातिएर महिलामाथि पशु भन्दा पनि क्रुर व्यवहार गरेको जनाइएको छ । पत्नीलाई उनले लठ्ठीले पिटेको भएपनि पिटाई यतिसम्म दर्दनाक भयो कि त्यो कसैंले सोच्न सक्दैन । उनले आफ्नी श्रीमतीलाई रातभरि पिटेको जनाइएको छ ।

 

जब उनी पिट्दा पिट्दै थाके अनी मात्रैं उनले पिट्न छोडेका थिए । उनीहरुको दाइजोको कुरामा सामान्य विवाद भएको र त्यसले उग्र रुप लिएपछि ति श्रीमानले पत्नीलाई अमानविय तरिकाले पिटेका थिए । श्रीमान सुते पछि श्रीमतीले आफ्ना माइतीलाई फोन गरेकी थिइन् ।

 

पतिको पिटाईबाट ति महिलाको हात भाँचिएको र काँध पनि भाँचिएको छ । शरिरका अन्य भागमा गम्भिर चोट लागेको देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ भने ति महिलाको उपचार भइरहेको छ ।

 

ति महिलाको नाम परमजित सिंह हो भने ति सैनिकको नाम निर्मल सिंह हो । उनीहरुको ११ वर्ष पहिले बिबाह भएको थियो, दाईजोको कारणले गर्दा उनीहरु बिच समयसमयमा विवाद भइरहने गरेको स्थानीयले बताएका छन् । Original News

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...