४० काटेपनि कुमारी नै बसेका यी सबैभन्दा सुन्दरी ५ अभिनेत्री



 

विश्व चलचित्र क्षेत्रमा बलिउड एक यस्तो उद्योग हो जहाँ प्रवेश पछि मान्छेहरु हराउँन थाल्छन् । कलाकारिता क्षेत्र संसारभरको उस्तैउस्तैं हुने भएपनि बलिउडको क्षेत्र अलिक धेरैं फरक भएको विश्लेषण हुने गर्दछ । यस उद्योगमा प्रवेश गरेर धेरैंले आफ्नो नीजि जीवन बिर्सेका छन् । आज हामी चर्चामा रहेका तर अहिलेसम्म बिहे नगरेका केही बलिउड अभिनेत्रीहरुको बारेमा चर्चामा गर्न गइरहेका छौं ।

 

बलिउड चर्चित नायिका सुष्मिता सेन अहिले ४३ वर्षकी भइन । सुष्मिता सेन मिस यूनिभर्स पनि भइसकेकी छिन् । सुष्मिता सेनले बलिउडमा चर्चित कलाकारहरुसँग काम गरेकी छिन् । कलाकारिता क्षेत्रमा उनले आफुले सोजेजस्तो चर्चा कमाउन सफल भइनन् । कलाकारितासँगैं सुष्मिता सेनले दुई बच्चालाई गोद लिएकी छिन् । आज हामी उनी लगायत केही अभिनेत्रीहरुको बारेमा चर्चा गर्न गइरहेका छौं ।

 

सुष्मिता सेनः सुष्मिता सेनको नाम बलिउडका निर्देशक विक्रम भट्टसँग जोडिएको थियो । विक्रम भट्टले एक अन्तरवार्तामा सेनले धोका दिएपछि आफुले आत्महत्या गर्न खाजेको बताएका थिए । त्यो समयमा सुष्मिता सेनको प्रेम सम्बन्ध रहेको चर्चामा रहेको थियो । तर, पछि उनको सम्बन्ध विच्छेद भएको थियो । अहिले सुष्मिता सेन आफुभन्दा १५ वर्ष कान्छोसँग सम्बन्धमा रहेको चर्चा हुने गरेको छ ।

 

नगमाः बलिउड चर्चित नायिका नगमा ४४ वर्षकी भईन, तर अहिलेसम्म एक्लै छिन् । बलिउडमा नगमा फिल्म बागीदेखि बलिउडमा प्रवेश गरेकी थिइन् । नगमाले फिल्म सनम बेवफा, पुलिस र मुजरिम, किंग अंकल, सुहाग, कुंवारा, एक रिश्ता, अब तिम्रो जिम्मा वतन साथिलगायतका चलचित्रहरुमा काम गरेकी छिन् । उनको सम्बन्धको चर्चा हुने गरेको छैन् नत उनले बच्चाहरुलाई नैं लिएकी छिन् ।

 

तब्बूः बलिउड अभिनेत्री तब्बू ४७ वर्षकी भईन तर अहिलेसम्म एक्लैं छिन् । बलिउडमा पहेला पहेला प्यार देखि उनले बलिउडमा प्रवेश गरेकी थिइन् । तब्बूले विजयपथ, प्रेम, हकीकत, जीत, चाची ४२०, हराफेरी,मनले फेरि याद गर्यो, हैदर लगायतका दर्जन भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेकी छिन् ।

 

अमीषा पटेलः अमीषा पटेल ४२ वर्षकी भईन तर अहिलेसम्म सिंगल नैं छिन । उनी बलिउडमा पछिल्लो समय त्यती चर्चामा रहेकी छैनन् । उनले कहो ना प्यार भन्ने चलचित्रबाट हिन्दी चलचित्रमा प्रवेश गरेकी थिइन् । यसका साथै उनले गदरः एक प्रेम कथा, क्रांति , हमराज, एलान , हे बेबी, रेस २ सहित अन्य चलचित्रमा काम गरेकी छिन् । लामो समय उनको अफेयर डायरेक्टर विक्रम भट्टसँग जोडिएको थियो । अमीषालाई पछिल्लो पटक अन्तिम चलचित्र रेस २ मा देखिएको थियो ।

 

तनीषा मुखर्जीः तनीषा मुखर्जी अहिले ४१ वर्षकी भईन तर अहिलेसम्म सिंगल छिन् । तनिषाले धेरैं चलचित्रहरुमा काम गरेकी छिन तर चर्चामा रहन सकिनन् । उनले सन २००३ फिल्म श्श देखि बलिउडमा प्रवेश गरेकी थिइन् । यो सँगैं नील एन्ड निक्की, सरकार,वन टू थ्री , सरकार राज, तुम मिलो तो सही जस्ता चलचित्रहरुमा काम गरेकी छिन् । पञ्जाबकेशरीबाट

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको