कुकुरलाई ३ भोटले पछि पार्दै बाख्रो मेयर बनेपछि…



हाम्रो इकोनोमि
 अमेरिकामा कुकुरलाई ३ भोटले पछि पार्दै बाख्रो मेयर बनेकाे छ । बरमोन्टस्थित सानो सहरमा फेयर हेवनमा लिंकन नामको बाख्रोलाई मेयर बनाइएको छ। लिकंन आफ्नो निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरलाई तीन भोटले पछि पार्दै मेयर बनेको हो । मेयरका लागि कुकुर बिरालोलगायतका अन्य १५ जनावर पनि उम्मेदवार बनाइएका थिए।

लिंकनले १३ भोट पाए भने सैम्मीले १० भोट पाएको थियो । अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो। टाउन म्यानेजको अनुसार एक वर्षका लागि लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ।

यस भन्दा अघि फेयर हेवनमा मेयर निर्वाचित हुने प्रावधान थिएन । तर टाउन म्यानेजका रूपमा जोसेफ गन्टर कार्यरत छन् । उनले मेयरले जस्तै काम गर्छन् । टाउन म्यानेजले लिंकन एक स्कूल शिक्षकको बाख्रो भएको पनि बताए । उक्त बाख्रो ३ वर्ष उमेरको रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...