भारतले पाकिस्तान जाने नदीको पानी थुन्यो



हाम्रो इकोनोमि

 

भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरिदिएको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका हुन् ।

 

कश्मीरको पुलवा आक्रमण प्रकरणपछि भारतको केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले पाकिस्तान जाने नदीको पानी बन्द गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिस गर्ने बताएका थिए । अहिले राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

राज्यमन्त्री मेघवालले तीन वटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।

 

भारतीय केन्द्रीय जलसंशाधन मन्त्री नितिन गडकरीले सिन्धु सम्झौताअनुसार भारतले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरेका छन् ।

 

भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जल सम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जबकी भारतले ३.३ करोड एकड फिट पानी पाउँछ ।

 

पुलवा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो छ । पुलवा आक्रमणमा भारतीय ४० सैनिक मारिएका थिए । आक्रमणको जिम्मा जैश ए मोहम्मदले लिएको थियो ।

 

जैश ए मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण गरेको र भारतलाई आक्रमण गर्न प्रयोग गरेको आरोप भारतले लगाउँदै आएको छ । तर, यसलाई पाकिस्तानले खण्डन गर्दै आएको छ । यद्यपि भारत र पाकिस्तानबीच हवाइ हमलासम्मका घटना भएका थिए ।

 

तर पाकिस्तानले भारतको एक लडाकु विमानलाई जमिनमा खसालेर पाइलटलाई नियन्त्रणमा लिएपछि भारत पछि हट्न बाध्य भएको थियो । पाकिस्तानले भारतीय पाइलटलाई ससम्मान रिहा गरिदिएपछि तनाव केही मत्थर भएजस्तो देखिएको छ ।

 

भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको यस्तो चेतावनी

 

अहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बौद्धिकतालाई लिएर अनेक ब्याख्या हुने गरेका छन् । उहाँको व्यक्तित्व र सोचलाई लिएर नेपाल लगायत विश्वभर चर्चा चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेर आफुले कश्मीरमा शान्ति कायम गर्न चाहेको उहाँको जिकिर रहेको छ ।

 

हालैं सयौंको संख्यामा आतंकवादी संगठनलाई आफ्नो कब्जामा लिएरका खानले पाकिस्तान आतंकवादका लागि उपयुक्त नभएको जनाउँनु भएको छ । भारत र पाकिस्तनबीच चलिरहेको तनावपूर्ण स्थितीमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई अन्य देशमा चरमपन्थ फैलाउनका लागि प्रयोग हुन नदिने जनाउँनु भएको हो ।

 

 

सिन्धुमा आयोजित एक र्यालीमा उहाँले भारतीय प्रधानमन्त्री मोदीमाथि हमला गर्दै भन्नुभयो, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’ उहाँले नरेन्द्र मोदीले घृणाको राजनीति गर्ने गरेको आरोप लगाउँनु भएको छ । उहाँले नेताले घृणा फैलाउने काम गरेमा कार्यकर्ताले पनि त्यही सिको गर्ने जनाउँनुभयो ।

 

पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि दुव्र्यवहार गरिएको समेत्त उहाँले जिकिर गर्नुभयो । उहाँले एक फरक प्रशंगमा यदी भारतले पाकिस्तानमा आक्रमण गर्ने सोच्दैं गरेको भए १० पटक सोच्न चेतावनी दिनु भएको छ । देश र जनताको लागि आफु र आफ्नो सरकार प्रतिबद्ध भएको भन्दै यदि पाकिस्तानमाथी हमला गर्छु भन्ने भारतको मोदी सरकारले सोचेको भए पलभरमा खरानी बनाउँने उहाँको धम्कीपूर्ण भाषण अहिले भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...