रिलायन्स इन्टरनेसनलको १८ औं अभिभावक दिवस भव्यताकासाथ सम्पन्न



हाम्रो इकोनोमि

 

बूढानीलकण्ठ नगरपालिका वडा नं १० अन्तर्गत रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीले आफ्नो १८ औं अभिभावक दिवस भव्यतापूर्वक सम्पन्न गरेको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं १०, ११ र १२ का करिब ३३ महिला संघसंस्थाहरुलाई १०९ औं नारी दिवसको सन्दर्भ पारेर सम्मान समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित मैनालीले वर्तमान शिक्षा र अबको मार्ग कस्तो हुनुपर्ने भन्दै विद्यार्थी, विद्यालय र अभिभावकहरुलाई आफ्नो अनुभव बताएका थिए ।

उक्त कार्यक्रममा गायीका ज्ञानु राणा, कलाकार शिवहरी पौडेल, डा.रामप्रसाद मैनाली, समाजसेवी नविन पाण्डे, ओलम्पियन पुष्पराज ओझा नेपाली राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठ युवा गायीका सुजता बर्मा लगायत दर्जन भन्दा बढि राष्ट्रिय स्तरका अतिथिहरुको माझमा बूढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ का वडा अध्यक्षहरु क्रमशः नवराज भट्टराई, राजु अधिकारी, शम्भुप्रसाद भट्टराई तथा स्थानीय वरिष्ठ समाजसेवी मिठाराम अधिकारी, कपन प्रहरी प्रभागका प्रमुख मिनबहादुर कुँवर लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

अभिभावक दिवसको सो कार्यक्रमा वरिष्ठ गायीका ज्ञानु राणाले आफ्नो ३५ वर्ष पुरानो गित शिरिमा शिर नी कान्छा बतासै चल्यो प्रस्तुत गरेकी थिइन् भने कलाकार शिवहरी पौडेलले आफ्नो हास्यव्यङ्घे कलाकारीता प्रस्तुत गरेका थिए । कार्यक्रमा चर्चामा रहेको ए सानु नसमाउ नारीमा हिलो लाग्ला नाइलनको सारीमा गीतको प्रस्तुति गायीका सुजता बर्माले दिएकी थिइन् ।

अभिभावक दिवसको सभाध्यक्षता रिलायन्स एजुकशेन नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र जंग थापाले गरेका थिए भने कार्यक्रम संचालन बद्रि भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...