शिल्पासँग मेरो बिबाह भैसक्यो, ५ वर्ष देखि सँगैं छौं : ओझा



हाम्रो इकोनोमि

 

शिल्पा पाखरेल पछिल्ला दिनहरुमा नेपालमा सर्वाधिक चर्चामा रहेको नाम हो । उनी नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाको स्थानमा आइपुगेको ब्याख्या हुने गर्दछ । उनले गीतहरुमा अभिनय गर्दै चलचित्रसम्म आउँदा थुप्रै सफल चलचित्रहरु दिन सफल भएकी छिन् । यो बिचमा शिल्पा र चलचित्र निर्माता छवीराज ओझाको सम्बन्धलाई लिएर पनि चर्चा हुने गर्दछ ।

 

नायिका रोखा थापासँगको सम्बन्ध विच्छेद पश्चात ओझा गएको पाँच वर्ष देखि पोखरेलसँग छन् । यो बिचमा उनले नयाँ खुलासा गरेका छन् । उनले एक कार्यक्रमलाई अन्तर्वार्ता दिँदै शिल्पासँग बिवाह भइसकेको बताएका हुन् । बिहे गरेको फोटो सार्वजनिक गर्न भने डराएको उनको भनाई छ । उनले भनेका छन्, ‘छविराजसँग शिल्पाको बिवाह भएको फोटो सार्वजनिक गर्दा धेरैले मलाई कत्ति बिहे गर्दो रहेछ भनेर आरोप लगाउन सक्छन् ।’

 

यही डरका कारण सार्वजनिक नगरेको उनको दावी छ । अन्तर्वार्तामा बोल्दै उनले भनेका छन्, ‘शिल्पासँग मेरो ५ वर्ष अगाडि फिल्म ‘लज्जा’ को बेला भेट भएको हो । त्यसबेलादेखि हामी सँगसँगै छौँ । आफुले बिहेको पार्टी नदिने तर, शिल्पाले दिन चाहेमा भने मलाई कुनै समस्या हुने छैन ।’

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...