राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुन सक्दैन : प्रधानमन्त्री



 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको बार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्रीले ओलीले राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने बताए । तर, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबारे जनमत संग्रह हुन नसक्ने उनले बताए ।

 

धोका दिने सिद्धिन्छ

यहाँ शंकाहरु, जो गम्भीर आशंकाहरु, कतै यो जो सहमति भएको छ, यसमा सरकार चिप्लिएको छ, सहमति गर्दाखेरि शब्दहरुमा चिप्लिएको छ भन्ने कतिपयको आशंका छ । यसमा अर्को पक्षले राज्यलाई, सरकारलाई वास्तवमा फसाएको छ भन्ने अर्थ पनि लगाउन खोजिएको छ ।

 

यहाँ कहीँ फसाउने, फस्ने भन्ने प्रश्न होइन । यहाँ कुनै चिप्लिएको भन्ने पनि छैन । सुविचारित ढंगले नै शब्दहरुको कानूनी र संवैधानिक शब्दहरुको प्रयोग गरिएको छ । त्यसकारणले त्यो प्रश्न पनि मलाई लाग्छ, त्यो एउटा भ्रम हो ।

 

सरकारका तर्फबाट स्वतन्त्र मधेस गठबन्धनसँग जो राजनीतिक सहमति भएको छ, यो ऐतिहासिक सहमति हो र यसले नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डताको रक्षा गर्नमा एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

 

जहाँसम्म जो आशंकाहरु यहाँ पैदा भएको छ कि भोलि गएर उक्त समूहले सरकारलाई, राज्यलाई धोका दिन सक्छ नि त । यसरी फसाउने र पछि गएर धोका दिने भन्ने जो प्रश्न कतिपय कोणबाट उठ्न खोजेको छ, सरकारलाई, राज्यलाई धोका दिने भन्ने प्रश्न आउँदैन । वास्तवमा धोका भयो भने जुन समूहले यो सहमति गरेको छ, उ नै सिद्धिने हुन्छ ।

 

‘स्वतन्त्र मधेस गठबन्धन’ भन्नु गैरकानूनी

स्वतन्त्र मधेस गठबन्धन…। अब यो जो नाम छ, यसमा पनि आपत्ति उठाइएको छ । योचाहिँ स्वतन्त्र मधेस गठबन्धन भन्ने नामले नै त्यो त अलग भयो नि त भन्ने ।

यो त एउटा ‘डी जुरे’ को अर्थमा यो नाम छ । अब यो नाम त्यो समूहले भोलि परिवर्तन गर्न सक्छ । किनभन्दा अब जुन ढंगको राजनीतिक सहमति भएको छ, उनीहरुले एउटा इण्डिपेन्डेन्ट समूहका रुपमा अथवा दलका रुपमा त्यो नाम राख्न निश्चितरुपमा तार्किक दृष्टिकोणले, कानूनी दृष्टिकोणले मिल्दैन ।

 

अब एउटा प्रक्रियाद्वारा जो राजनीतिक दल, समूह जो बन्छ, त्यसले भोलि गएर शायद उनीहरुले अर्को नाम राख्न सक्छन् । र, यहाँ भनिएको छ, उनीहरुले एउटा राजनीतिक दलका रुपमा आफ्नो सामर्थ्यलाई आफ्नो बुद्धि विवेकलाई देशको समृद्धिका निम्ति उनीहरुले लगाउनेछन् भन्ने कुराहरु यहाँ छ । र, त्यो अवसर राज्यले उनीहरुलाई प्रदान गर्नेछ ।

 

उनीहरुको राजनीतिक गतिविधि एउटा राजनीतिक दलको हिसाबले एउटा बैधानिक, संवैधानिक शक्तिका रुपमा उनीहरुलाई त्यो अवसर, त्यो वातावरण राज्यले उपलब्ध गराउने छ भन्ने कुरा यहाँ सहमतिहरुमा छन् ।

 

त्यस कारणले मलाई लाग्छ यी कुराहरु, जो उठिराखेका छन्, स्पष्ट कुराहरु पनि अलिकता अस्पष्टरुपमा पार्न खोजिएको छ, अथवा परेको छ । मलाई लाग्छ, यहाँ माननीयज्यूहरुले जुनसुकै कोणबाट यो विषयलाई उठाए पनि यी कुराहरु उठाएर राज्यलाई, सरकारलाई अझ स्पष्ट हुन र देशको राष्ट्रिय अखण्डता, लोकतान्त्रिक प्रणालीलाई रक्षा गर्नमा तपाईहरुको यो चिन्ता, चासो र यी जिज्ञासाहरुले मद्दत नै गर्छ भन्ने हामीलाई लागेको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी