बाहिरियो सिके राउतको यस्तो घिनलाग्दो भिडियो, देशलाई सिक्किमिकरण गर्ने खुलासा(सक्दो शेयर गरौ)
सिके राउतले आफ्ना प्लान र नियतलाइ दर्साउदै बोलेको भिडियो येतिबेला भाइरल भैराखेको छ। । नेपालमा तराइलाइ छुट्टै राज्य बनाउन जनमत संग्रह गर्न सरकारलाइ सम्झौता गराउनुको पछाडी ठूलो राज लुकेको यो भिडियोमा देख्न सकिन्छ। ।
केपि र प्रचन्डले देश डुबाउनै लागेका हुन त?
प्रधानमन्त्री केपी ओलीकै उपस्थितिमा सरकार र सीके राउतबीच सहमति भएलगत्तै सत्ता पक्षकै नेता भीम रावलले सहमति राष्ट्रघाती भएको प्रतिक्रिया दिए । पार्टीको सिन्डिकेट तोडेर यो अभिव्यक्ति दिन रावलले देखाएको आँटलाई सकारात्मक मान्नुपर्छ । रावलको बोलीमा निहित उद्देस्य के छ थाहा छैन तर उनको प्रतिक्रिया यो सहमतिको भविष्यमा आउन सक्ने विम्ब हो । सीके राउतको नियतकै कारक हो । ओलीको अर्कण्यमताको परिणाम पनि हो ।
सम्झौतापछि सीके राउतले आफ्नो फेसबुक पेजमा लेखे –‘‘सरकार जनमत संग्रह गर्न राजी भएको छ । यो स्वतन्त्र मधेसको जित हो ।’’ बेलुका राउतका कार्यकर्ताले मधेसका विभिन्न भागमा ‘स्वतन्त्र मधेस’का नाममा दिपावली मनाए । केपी ओलीले देश टुक्य्राउने बीउ रोपेकै हुन् त ?
इतिहास सामान्य घटनाको असामान्य प्रभाव परेका कारण देशै टुक्रिएका उदाहरण छन् । युक्रेनको उत्तरी राज्य क्रिमिया ४ वर्षअघि टुक्यिाएर रुसले आफूतिर गाभ्यो । जनमत संग्रहका नाममा ९० प्रतिशतले भोट दिएको आधार देखाएर क्रिमिया टुक्य्राइएको थियो ।
युक्रेनको तत्कालीन राज्य क्रिमियामा बहुसंख्यक जनता रुसी भाषा बोल्छन् । अझै क्रिमिया क्षेत्रमा हिंसा र तनाव जारी छ । मंगोलियन मुलको देश सिक्किम एसियाको शान्त र प्राकृतिकरूपमा धनी मुलुक थियो । जनअभिमतका नाममा संसद्मै मतदान गर्न लगाएर सिक्किम देश भारतमा गाभियो । सिक्किम गयो भने अहिले पनि भारत होइन मंगोलियाको कुनै गाउँ डुलेजस्तो लाग्छ । यस्ता विभिन्न मुलुकका फेहरिस्त हामीले सर्सर्ती अध्ययन गर्यौँ भने मुलुक कसरी टुक्रिने रहेछ भन्नेमा स्पष्ट हुन सक्छौँ ।
नेपालमा पछिल्लो पटक सीके राउतले पृथकतावादी आन्दोलन चलाए । अमेरिकामा पढेर नासाको इन्जिनियरको जागिर छोडेर उनी ८ वर्षअघि एकाएक नेपाल आएर स्वतन्त्र मधेसको अभियान सुरु गरे । उनको पृष्ठभूमि न राजनीतिक थियो न कुनै सामाजिक अभियानमा जोडिएका थिए । उनको एकाएक आगमन पिछडिएको मधेसी समुदायको सहानुभूति बटुल्न सफल हुन थाल्यो । यसबीचमा सरकार कति निरीह भयो भन्ने सम्झिँदा पनि लाज लागेर आउँछ ।
सीके राउतलाई चर्चामा ल्याउन सरकारले पक्राउको नाटक मञ्चन गरेर मधेसमा हिरो बनाइदियो । पछिल्लो पटक राज्य विप्लव (देशद्रोह) को मुद्दामा उनी जेल त पुगे तर केपी ओली सरकारको निगाहमा आफ्नो अभियानमा झन् अग्लिएर जेल मुक्त भए । यहाँ प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको फैसलाजस्तो लागेन ।
नियोजित सरकारको खेलको भान भयो । सीके राउत यस खेलमा सफल भए । सीके–केपी सम्झौतापछि अहिले मधेसमा उनी निकटका व्यक्तिहरू धमाधम विजयको मुखमा पुगेको सगर्व बताइरहेका छन् ।
मुलुक बिग्रनुमा मुख्य तीन कारण हुन्छन् – १. खराब दल, २. खराब नेता र ३. खराब कार्यकर्ता ।
राणाका पालामासम्म नेपाल औसत रहेको इतिहासमा हामीले पढ्न पाउँछौं । विश्व मञ्चमा हाम्रो शक्ति मध्यम थियो त्यति बेला । विसं २००७ सालमा प्रजातन्त्र आएपछि राजनीतिक संक्रमण २०१५ सालसम्म जेलियो । २०१७ सालपछि ०४६ सालसम्म पञ्चायत व्यवस्था र त्यसपछि बहुदलीय–गणतन्त्रका शासनका अनेक प्रयोगले मुलुक आन्तरिक रुपमा कमजोर बन्यो ।
यस अवधिमा दलहरू निर्माण भए, नेता जन्मिए र कार्यकर्ता उम्रिए । सबका सब खराब भएपछि अहिले नेपाल विश्वकै सबैभन्दा खराब, दरिद्र, गरिब र नालायकको देश बन्न पुगेको छ । यस लेखमा तथ्यांक केलाउन संभव छैन । यतिमात्र बुझौं, नेपाली जनताका लागि सबै शासक खराब प्रमाणित भइसके ।
निरीह जनतालाई गुमराहमा पारेर पुष्पकमल दाहालले १० वर्ष देश तहसनहस बनाए । जनताको रगत बगाइयो । यही अवधिमा सोझा जनतालाई झुक्क्याएर अन्य दलका नेताले जनताको पसिना चुसे । परिश्रम लुटे । आज देश टुक्य्राउने खेल सुरु भइसकेको छ । तर, कार्यकर्ता झनै रमिते बनिरहेका छन् । दलका कार्यकर्ता अपराधी नेताको मतियार बनिरहेका छन् । यो दुःखदायी पीडा हरेक सेकेन्ड जनताले भोगिरहेका छन् । नागरिकतहबाट गर्नुपर्ने हाम्रा कर्तव्य के हुन् भन्नेतिर हाम्रो ध्यान पुग्न सकेन ।
राजनीति नबुझे फरक पर्दैन । देश बुझे हुन्छ । अमेरिकी समाचार संस्था सीएनएनले सन् २०१६ मा एउटा समाचार प्रकाशित गरेको थियो । अति विकसित मुलुकमा १५ प्रतिशतले मात्र राजनीति बुझ्छन् वा चासो राख्छन्, ४५ प्रतिशतले मात्र बच्चा जन्माउन रहर गर्छन् । यही अनुपातमा अति कम विकसित मुलुकमा ८५ प्रतिशतले राजनीति गर्छन् र ९० प्रतिशतले धेरै बच्चा जन्माउँछन् ।
राजनीतिमा चासो राख्नै पर्दैन । देशको ख्याल गरे पुग्छ । देशको ख्याल गरे गलत र सही छुट्याउन सकिन्छ । तर, राजनीति गर्यो भने मनोगत दृष्टिकोणमात्र पैदा हुन्छ । अधिकांश कम विकसित मुलुकका जनता राजनीतिमात्र गर्छन् । विकसित मुलुकमा आफ्नो काममात्र गर्छन् । राजनीति नगर्ने भनेको होइन ।
यसैमा लाग्नेको संख्या न्युन हुनुपर्छ र राजनीति गर्नेले राजनीतिमात्र गर्नुपर्छ । हामीमा अन्य पेसा गर्नेले पनि राजनीति गर्छन् । यो गलत हो । केही दिन अघि विवेकशील साझा पार्टीका उच्च तहका नेतालाई मैले भेटेको थिएँ । यो पार्टीले नयाँ अवधारणा ल्याएको रहेछ । कार्यकर्ता बन्ने हो भने पत्रकारिता पेसा छोड्नुपर्ने । हाम्रा थुप्रै साथी विवेकशील साझामा छन् । उनीे पत्रकारिता पेसा छाडेर खटिएका रहेछन् ।
पत्रकारिता गर्नेले त झन् राजनीति गर्नै हुँदैन । राजनीतिमा लाग्ने हो भने पेसा छोड्नुपर्छ । दलगत पत्रकारिताले अफवाहमात्र फैलाएको दृष्टान्त छ । यो देशका लागि घातक हुन्छ । यसका तीता अनुभव हामीसँग छन् ।
पशुपति शर्माको गीत ‘लुट कान्छा लुट’ बजिरहँदा सत्तापक्षका कथित पत्रकारले गीत बन्द गर्नुपर्छ भनेर ढोल पिटे । ती कस्ता पत्रकार हुन् जो सरकारको गुनगान गर्छन् । आखिर त्यसको प्रत्युपादक परिणाम सरकार हल्लिनेगरी बर्सियो । कारण सत्ताधारी कथित पत्रकार थिए ।
गत दसैंमा टीका लगाउँदा राष्ट्रपति विद्यादेवी भण्डारी आलोचित भइन् । त्यसलाई स्वतन्त्र मिडिया र नागरिक तहबाट सुझावसहित आलोचना आएका थिए । तर, केही सत्ता निकट मिडियाकर्मीले उनको पक्षपोषण गरे । परिणाम देख्नुभयो । त्यसपछि दर्जन घटनामा राष्ट्रपति आलोचित भइन् । सत्ता निकट मिडियाकर्मीकै उक्साहटमा राष्ट्रपतिले आफ्ना शैलीलाई झन निरन्तरता दिइन् । त्यसपछिको परिणाम उनीमाथि थेग्नै नसक्नेगरी आलोचना बर्सिए ।
आज सीके राउतले देश टुक्य्राउने अभियान लिएर स्वदेश भित्रिए, अभियान चलाए र ओली सरकारसँग सम्झौता गरेर वैधता प्राप्त गरे । तर, पनि सरकार निकट मिडिया, ओली निकट संचारकर्मी र कार्यकर्ता उन्मादमा रमाएका छन् । उनीहरूको उन्मादले मुलुक तहसनहस हुने खतराका संकेत देखिइसकेका छन् ।
केपी–सीके सहमति आफैँमा गलत थियो । केही संचारमाध्यमले पस्किएका खबर झनै गलत थिए । सीके राउत मूलधारको राजनीतिमा कसरी आए ? उनले त छेउको राजनीति पनि थालेका छैनन् । उनको न क्षेत्रीय दल छ न वर्गीय पार्टी । उनको त विखण्डन अभियान थियो र छ । यो अभियान राउतका लागि झन् उचाइमा पुर्याउने ऐतिहासिक भर्याङ साबित भएको छ । मुलुक विखण्डन गर्नेले कसरी मूलधारको राजनीति गर्छ ? राउतले अहिलेसम्म गरेका क्रियाकलापमा न पश्चाताप गरेका छन् न माफी मागेका छन् । यो सम्झौतामा राउतको हातमाथि परेको छ भने सरकारको तल ।
देशको गृहमन्त्री बराबरको हैसियतमा उनले आफ्नो परिचय दिन सफल भए । एउटा वडा अध्यक्ष बन्न कम्तीमा १० वर्ष राजनीति गर्नुपर्छ । कति योगदान कति भूमिकाबाट वडा अध्यक्ष बन्न सफल हुन्छ । तर, एकदिन राजनीति नगरेका राउत आज एकाएक गृहमन्त्री सरहको शक्ति आर्जन गर्न सफल भएका छन् ।
सरकारबाट यो जस्तो गलत काम अर्को के हुन सक्छ ? अर्को, सहमतिको २ नंबर बुँदामा स्पष्टरूपमा जनअभिमतद्वारा समस्याको हल गर्ने भनिएको छ । जनअभिमत भनेको मतदान वा बहुसंख्यक जनताको कदर भन्ने बुझिन्छ । यही माग राखेर सीके राउत सम्झौतापछि झन् अराजक हुनेछन् । जुन संकेत सम्झौताको दिनमै मधेसका विभिन्न भाग देखिइसकेको छ ।
सहमति भइसकेपछि सीके राउत र उनका पृथकतावादी समर्थकले भनिसके – ‘‘सरकारले जनमत संग्रह स्वीकार्यो ।’’ सहमतिको २ नंबर बुँदामा जनमअभिमतद्वारा समस्याको हल गर्ने शब्दमा टेकेर अब राउतले स्वतन्त्र मधेसको मागलाई देशव्यापी बनाउने निश्चित छ । यो सहमतिले देश टुक्राउने बीउ रोपिदियो ।
सरकारको नियत उनलाई सघाउने हैन भने अब राउतले जनअभिमतका नाममा पृथकतावादी जनमत संग्रहको माग उठाउनेबित्तिकै सरकारले उनलाई फेरि जेल पठाउन सक्छ ? यस्तो विषयमा जनअभिमत शब्द राख्न मिल्छ ? सरकारले जनताका आशंका गलत साबित गर्न तुरुन्त निम्न काम गर्न सक्नुपर्छ । अनिमात्र हामीले यो सहमतिलाई सही भन्न सक्छौँ । नत्र यो केपी–सीकेको मुलुक टुक्य्राउने डिजाइनको प्रथम अध्याय भनेर बुझ्नु पर्नेहुन्छ ।
१. सहमतिलाई अनेक व्याख्या गरेर राउतका कार्यकर्ताले कतै स्वतन्त्र मधेस बनाउने जनमत संग्रहको माग उठाए भने तुरुन्त कडा कारबाही गर्नुपर्छ ।
२. राउतले देश र जनताको हितमा मात्र काम गर्छन् । उनको यही मूल राजनीति हुन्छ भने यो स्वीकारयोग्य हो । तर, उनले यो सहमतिलाई शक्ति संचय गर्ने आधार बनाएको कुनै संकेतमात्र देखिए त्यस्तो क्रियाकलाप र त्यसमा संलग्न सबैलाई समाप्त पार्न सक्नुपर्छ । किनभने देश टुक्य्राउने अभिव्यक्ति राष्ट्रद्रोह हो ।
३. सामान्य व्यक्तिसँग गृहमन्त्रीस्तरमा सम्झौता गर्नु सरकार राउतकै पंक्तिमा झरेको उदाहरण हो । कुनै प्रहरी निरिक्षक तहबाट यो सहमति हुनुपथ्र्याे । सरकार यसमा राउतको वशमा परिसकेको छ । यो कुरा गलत हो भने राउतले विखण्डनका लागि जनमत संग्रह शब्दमात्र उच्चारण पनि सोझै पक्राउ गरेर पुनः राज्य विप्लवको मुद्दा चलाउनुपर्छ ।
४. सीके राउतको अवतरणलाई सकारात्मकरूपमा लिनेहरूमा धेरै आपराधिक पृष्ठभूमिका देखिएका छन् । जनचाहना त अब पृष्पकमल दाहालहरूको कथित ‘जनयुद्ध’को अपराधको पुनरावृत्ति नहोस् र राउतहरूले देशको छातीमा मुक्का प्रहार नदोहोर्याऊन् भन्ने हो ।
५. हाम्रा यी तमाम शंका उपशंकालाई गलत सावित गर्न सरकारले राउत मूलधारको राजनीति गर्न आएका हुन् भन्ने प्रमाणित गर्न सक्नुपर्छ एकदुई दिनभित्रै । हैन भने जनताका आँखामा देशलाई विखण्डनतर्फ उन्मुख गराएको अपराधमा सीकेसँगै केपी पनि दोषभागी हुनपुग्नेछन् ।
बिनोद त्रीपाठि(सम्पादक – सौर्य दैनिक )
आउनुहोस भिडियो हेर्नुहोला र सक्दो शेयर गर्न नभुल्नुहोला: