बेहुली पहिरनमा पाकिस्तानकी नेपाली बुहारी आम्ना सफिक (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

पाकिस्तानी छोरी, नेपालकी बुहारी ! यसरी आइन बेहुलीको ड्रेसमा ! रिसाउदा यसरी फकाउछन् आम्नालाई सुदिनले फरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन ।

 

बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ । बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् । दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन् ।

 

पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् । दुई वर्षअघि चिनजान भएका उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दाझैं बोल्न, लेख्न सक्ने भएपछि अदालत पुगेर विवाह गरेकी हुन् ।

उनीहरु सँग गरिएको  रमाइलो कुराकानी , हेर्नुहोस यो भिडियो

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...