‘प्रेमगीत ३’मा राजेश हमाल प्रदीपको बुवा बन्दै !



हाम्रो इकोनोमि

 

अभिनेता राजेश हमाल चलचित्र ‘प्रेमगीत ३’मा अनुबन्धित भएका छन् । निर्माता सन्तोष सेनको निर्माणमा बनेको सफल चलचित्र प्रेमगीतको तेस्रो सिरिजमा राजेश हमाल फाइनल भएका छन् ।

बुझिए अनुसार चलचित्रमा राजेश नायक प्रदिप खड्काको बुवाको भूमिका देखिनेछन् ।

आसुसेन ब्यानरबाट बन्न लागेको प्रेमगीत ३ मा प्रदीप फाइनल भइसकेका छन् भने हमालसँग चलचित्रको लागी यतिबेला टिमले कुरा गरिरहेको छ ।

त्यस्तै चलचित्रमा नायिका पनि फाइनल नभइसकेको बताइएको छ । निर्माण पक्षको अनुसार चलचित्रमा नयाँ नायिकाको खोजी भइरहेको छ ।

यसअघिको प्रेमगीतमा पूजा शर्मा र प्रेमगीत २मा अश्लेष ठकुरीको मुख्य भूमिका रहेको छ ।

चलचित्रको पहिलो सिरिजलाई सुदर्शन थापा र दोस्रो सिरिजलाई रामशरण पाठकले निर्देशक गरेका थिए ।

यसपटक चलचित्रलाई छेतन गुरुङले निर्देशन गर्दछन् । हाल प्रदीप आफ्नो नयाँ चलचित्र लभ स्टेशनको प्रमोसनमा व्यस्त छन् जुन यहि चैत्र २२ गतेबाट रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...