ऋषि कपुर अमेरिकाबाट फर्किएपछि रणवीर–आलियाको विवाह



हाम्रो इकोनोमि

 

बलिउड स्टार रणवीर सिंह र आलिया भट्टबीच विवाह हुने पक्का भएको छ।

अमेरिकामा रहेका रणवीरका पिता ऋषि कपुर भारत फर्किएलगत्तै विवाहको तयारीमा जुट्ने एजेन्सीहरुले जनाएका छन्।

ऋषि कपुर अहिले अमेरिकामा आफ्नो उपचार गराइरहेका छन्। ऋषि यही मार्चको अन्तिममा अमेरिकाबाट फर्कने उनकी पत्नी नितु कपुरले सोसल मिडियामार्फत जानकारी दिएकी छिन्।

रणवीर–आलिया दुवैको परिवार उनीहरुको विवाह गरिदिन तयार भइसकेका छन्। आलिया ऋषि कपुरलाई भेट्न अमेरिका समेत गएकी थिइन्।

ऋषि कपुर फर्किएपछि पण्डितसँग विवाहको साइत जुराइने बताइएको छ। पण्डितसँग भेट्ने मिति आगामी अप्रिलका लागि तय भएको छ।

उनीहरुको विवाह भने यही वर्षभित्र हुनेछ।

आलिया र रणवीर यतिबेला फिल्म ‘ब्रम्हास्त्र’ को प्रमोसनमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस
सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...