फाइटर विमान चालिकामाथि बलात्कार भएको खुलासा



हाम्रो इकोनोमि

 

अमेरिकी एक महिला सिनेटरले आफूलाई एयर फोर्सका माथिल्लो स्तरका कमाण्डरले आफूमाथि बलात्कार गरेको बताएकी छन् ।

सिनेटर मार्था म्याक्सेलीले आफू एयर फोर्समा कार्यरत रहँदा सो घटना भएको आफ्ना सहकर्मीसँग भनेकी हुन् ।

उनी अमेरिकी फाइटर बिमानकी पहिलो चालक हुन् । उनले सैनिक सेवामा हुने यौन शोषणका विषयमा आफ्नो धारणा राख्ने क्रममा आफूमाथि बलात्कार भएको खुलासा गरेकी हुन् ।

एरिजोनाकी रिपब्लिकन सिनेटर म्याक्सेलीले आफूले त्यसबेला लाज, अन्योल र सेनाभित्रको प्रणालीका कारण बलात्कारको रिपोर्ट नगरेको उल्लेख गरिन् । सन् २०१७ मा अमेरिकी सेनामा करिब १० प्रतिशत बलात्कारका घटनामा वृद्धि भएको रिपोर्ट बाहिर आएको छ ।

उनले सिनेको सशस्त्र सेवा उपसमितिमा भनिन्, ‘म धेरै वर्षसम्म मौन बसेँ ।’ सन् २०१० मा अवकाश पाउनुअघि उनले करिब २६ वर्ष अमेरिकी हवाई सेनामा काम गरेकी थिइन् ।

गत वर्ष सिनेटमा निर्वाचित हुनुअघि उनी २ पटक तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...