फाइटर विमान चालिकामाथि बलात्कार भएको खुलासा



हाम्रो इकोनोमि

 

अमेरिकी एक महिला सिनेटरले आफूलाई एयर फोर्सका माथिल्लो स्तरका कमाण्डरले आफूमाथि बलात्कार गरेको बताएकी छन् ।

सिनेटर मार्था म्याक्सेलीले आफू एयर फोर्समा कार्यरत रहँदा सो घटना भएको आफ्ना सहकर्मीसँग भनेकी हुन् ।

उनी अमेरिकी फाइटर बिमानकी पहिलो चालक हुन् । उनले सैनिक सेवामा हुने यौन शोषणका विषयमा आफ्नो धारणा राख्ने क्रममा आफूमाथि बलात्कार भएको खुलासा गरेकी हुन् ।

एरिजोनाकी रिपब्लिकन सिनेटर म्याक्सेलीले आफूले त्यसबेला लाज, अन्योल र सेनाभित्रको प्रणालीका कारण बलात्कारको रिपोर्ट नगरेको उल्लेख गरिन् । सन् २०१७ मा अमेरिकी सेनामा करिब १० प्रतिशत बलात्कारका घटनामा वृद्धि भएको रिपोर्ट बाहिर आएको छ ।

उनले सिनेको सशस्त्र सेवा उपसमितिमा भनिन्, ‘म धेरै वर्षसम्म मौन बसेँ ।’ सन् २०१० मा अवकाश पाउनुअघि उनले करिब २६ वर्ष अमेरिकी हवाई सेनामा काम गरेकी थिइन् ।

गत वर्ष सिनेटमा निर्वाचित हुनुअघि उनी २ पटक तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...