कृष्णको दुई हात र एक खुट्टा नभएर के भयो ? आँशु पुछिदिने महान रुपा छिन



 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी ।

आमाले अर्कै रोजिन्, बाबाले घर छोडे ।

धेरै सपना साँचेका कृष्णले सानैमा ठूलै भारी बोके जिम्मेवारीका । ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे ।

वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए ।

आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए । त्यतिबेला जीव नसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन ।

आफूले कष्ट गरेर, हड्डी घोटेर पनि रुपालाई स्टाफ नर्स पढाउने धोको थियो कृष्णको । केही वर्ष त्रिवेणी गाउँपालिका–९, रुकुम पश्चिमको सिम्ली बजारमा दुवै जना मिलेर होटेल पनि चलाए ।

रुपाको स्टाफ नर्समा नाम निस्केको थियो, वैशाख पहिलो साताबाट आफूले तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पनि सुरु गरे । यति लोभलाग्दो दैनिकी र आशालाग्दो भविष्य सबैसामु देखाएका थिए उनीहरुले ।

भोलि के हुन्छ कस्लाई पो थाहा छ र ? अघिल्लो दिन विवाहको वर्षगाँठ, भोलिपल्ट अर्थात २६ गते जागिरमा कामको पूर्ण जिम्मेवारी पाउने दिन थियो ।

तर, जेठ २५ उनीहरुको जिन्दगीको कालो दिन बन्यो, नियति अर्कै बनेर आयो । रुपा र कृष्णको जिन्दगीमा बज्रपात भयो ।

त्यो दिन, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बखरिया भन्ने ठाउँमा ग्राहकहरुलाई विद्युतको लाइन प्रवाह गर्न कृष्ण पोलमा चढे का थिए । करिब–करिब तार जोड्ने काम सकिएको थिए ।

एक्कासि आएको ११ हजार भोल्टेजको करेन्टले उनी बेहोस हुँदै जमिनमा पछारिए । विद्युतको झड्काले पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो । साँझको बेला, विद्युतको लाइन काटेर नै उनी पोलमा चढेका थिए । तर, अर्कैको गल्तीको सिकार भए कृष्ण ।

नजिकैको मिलवाला साहुले लाइन अन गरिदिएछन्, कृष्णलाई करेन्ट लाग्यो र जमिनमा बजारिए । साथमा सहयोगीहरु पनि थिए । तत्कालै एम्बुलेन्स बोलाएर कोहलपुर मेडिकल कलेज लगियो । उपचार सम्भव भएन, नेपालगञ्ज पुर्‍याइयो । त्यहाँ पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगियो । त्यतिञ्जेल कृष्णको स्वास त फिर्ता भयो तर शरीर सग्लो नहुने देखियो । १८ दिनको लखनउमा ट्रमा सेन्टरको उपचारले कृष्णको अवस्थामा सुधार आएन । काठमाडौंबाट बेहोसीमै लखनउ पुगेकी उनकी जीवनसंगिनी रुपाले काठमाडौं ल्याइन् ।कहिले ग्राण्डी त कहिले कीर्तिपुर अस्पतालमा लगिन् ।

लामो उपचारपछि निको त भए, तर उनका दुवै हात र एउटा खुट्टा काट्नुपर्ने भयो । रुपा जसोतसो सम्हालिने प्रयास गरिन्, कृष्णलाई अजम्बरी साथ दिनलाई गरेको वाचा निभाउँदैछिन्, रुपाको साथले कृष्ण आफ्नो स्वास चलिरहेको बताउँछन् । अहिले उनीहरु का ठमाडौंको कुलेश्वरमा छन् । कृष्णको दुवै हात छैनन्, देब्रे खुट्टा छैन ।

देब्रे खुट्टालाई तीन पटकसम्म काटियो । रुपाले हारेकी छैैनन्, नेपाली दाजुभाइ दिदी बहिनी आफ्नै हुन् र अप्ठ्यारो मद्धत गर्छन् भन्ने विश्वास बोकेकी छिन् । अहिलेसम्म उपचार गर्दा करिब ५० लाख सकियो । रुपा भन्छिन्, ‘अब ५० लाख भए हात खुट्टा जोड्न मिल्ने थियो ।’

ग्रान्डी इन्टरनेशनल हस्पिटलका डाक्टरले हात खुट्टा जोड्न मिल्छ भने तर उनलाई थप ५० लाख जुटाउन मुश्किल छ । रुपाले जग्गा बेचेर, ऋण काढेर अहिलेसम्मको खर्च जोहो गरिन् । रुपाका अनुसार अझै ५० लाख तिर्न बाँकी छ । कृष्णका दाइ सुशीलले घर को जायजेथा बेचेर भाइको हालसम्मको खर्च जुटाउन सक्रिय रहे ।

अब परिवारले सम्पूर्ण नेपाली मनहरुलाई हात फैलाएर सहयोगको याचना गरेको छ । सबैको सहयोग पाए कृष्णको शरीरमा इलेक्ट्रोनिक हातखुट्टा जोड्न सम्भव छ । उनलाई हात र खुट्टा जोड्न सबैले सहयोग गर्न जरुरी छ कि भगवान भनेको मानवीय मनहरु नै हो ।

सानैमा बुवाआमाको मायाबाट अलग रहेका, सुन्दर जीवन र सपनाका चाङ बोकेका २१ वर्षीय कृष्णको जोवन अहिले बेडमा सुस्ताएको छ । देश विदेशमा हुने मनकारी दाजुभाइ दिदीबहिनीहरुलाई कृष्णको हातखुट्टा जोड्नको लागि जतिसक्दो आर्थिक सहयोग गरि दिन परिवारजनले आग्रह गरेका छन् ।

कृष्ण ओलीकै नाममा सनराइज बैंक काठमाडौं, कालिमाटी शाखामा रहेको खाता नम्बर ०७७०५०३१६५२०५००१ र मोबाइल नम्बर ९८०३७४५७०८ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन् । तपाईँ हाम्रो सानो सहयोग कृष्णको लागि भगवानको रुप हुन सक्छ ।

अन्तरजातिय बिहे: श्रीमानको २ हात र १ खुट्टा काटियो ! परिवारमा रुवाबासी

काठमाडौं- कलिलो अनुहारका कृष्ण मलाई देखेर मुस्कुराए ! उनले कसरी गुमाए त दुई हात र एक खुट्टा ? कृष्णकी श्रीमती अन्तर्वार्तामै रुदा मैले पनि आफुलाई सम्हाल्नै सकिन, आंशु आंखाको डिलसम्म आयो ।

कस्तो पिडा, पहिला बाबाले छोडे पछि आमाले । सानैदेखि मामाघरको हजुरआमाले हुर्काए, कृष्णलाई ।

जब ठुलो भए यस्तो घटना घट्यो । प्रेम गरेपछि अन्तरजातिय बिवाह गरेका रुपा र कृष्णको प्रेम कथा पनि मेरै फिल्मको सुटिंगबाट सुरु भएको रहेछ । हामी तपाईको बिर्खेलाई चिन्छस् फिल्मको सुटिंग हेर्न जांदा पहिलो पटक कुराकानी गरेको नि, रुपाले सुनाईन् ।

कृष्णको हात र खुट्टै काट्नु पर्ने घटना के थियो ? किन सानैमा छोडेका थिए, कृष्णलाई उनका बाबु आमाले ? कसरी सम्भव भयो, कृष्ण र रुपाको अन्तरजातिय बिवाह ? अनि समाजले किन भन्दैछ रुपालाई, कृष्णलाई छोड्दे ? सबै कुरा थाहा पाउन

यो पनि पढ्नु होस्

२१ बर्षकी यि महान रुपा, जसले माईती छोडिन् तर हात खुट्टा गुमाएका आफ्नो श्रीमान छोडिनन् (भिडियो)

काठमाडौं- शिशिर भण्डारी- युटुब च्यानल नयां नयाँ न्युज नेपालले छोटो समयमै ७ लाख भन्दा बढि सव्सक्राईभर्स र लाखौं दर्शकहरुको माया पाईरहंदा केवल डलर कमाउन मात्र म अघि बढिन् । युटुबबाट कसरी दुखी, पिडित र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बाटो खोजिरहें ।

अशोक दर्जीको पहिलो मोबाईल भिडियोदेखि, नेपालमा थाहै नभएको पार्कर बिषयलाई उठाएर दिनेश सुनारले हाम्रै युटुब च्यानलबाट उदाएर २ वटा वल्र्ड रेकर्ड राखे ।

ठेलामा मःमः बेच्ने गायक सबै मांझ लोकप्रिय हाम्रै च्यानलबाट बने भने हाम्रै पहलमा यतिबेला बाटोमा सारंगी बजाउंदै हिड्ने जनक गन्धर्व स्कुल पढ्दै छन् र उनको घर बन्दै छ । यी बाहेक अन्य धेरै नव प्रतिभाको प्रतिभा र दुखी, गरिब र समस्यामा परेका नेपालीहरुको दुखको साथी बन्यौ हामी ।

यसैबिच बिदेशबाट ऋषि जीको कल आयो । सर, कुलेश्वरमा २१ बर्षका यस्ता युवा छन्, जस्को २ हात र १ खुट्टा छैनन् ,मात्र एक बर्ष अगाडि अन्तरजातीय बिहे गरेको, बा, आमाले पनि सानैमा छोडेर गए, बिजोग छ, हजुरहरुले भिडियो बनाएर अपिल गर्दिनुहुन्थ्यो कि ? मैले नाई भन्ने कुरै थिएन, हामीले गर्दै आईरहेका पनि त्यहि थियौं ।

समय मिलाएर कुलेश्वर हाईट जांदा कृष्ण वलिकी श्रीमी रुपा पुलामी मगर वलि हामीलाई बाटोसम्म लिन आईन् । घरमा पुग्दा बुढी हजरआमासंग सोफामा बसिरहेका थिए, कृष्ण । कलिलो अनुहारका कृष्ण मलाई देखेर मुस्कुराए, दाई तपाईकै फिल्म लभ सब हेर्दै थिए, कस्तो कमेडी रैछ, भने । कृष्णलाई देख्ने बित्तिकै सबै दुखी, पिडित देख्दा अर्कै भावमा डुबिहाल्ने मेरो मन त्यतैतिर डुव्यो । कृष्णको कथा जान्न आतुर थिएं ।

चिया पिएर कुराकानी सुरु गर्दा, कृष्णले आफ्ना सबै कथा सुनाए । उनले कसरी गुमाए त दुई हात र एक खुट्टा ? कृष्णकी श्रीमती अन्तर्वार्तामै रुदा मैले पनि आफुलाई सम्हाल्नै सकिन, आंशु आंखाको डिलसम्म आयो । कस्तो पिडा, पहिला बाबाले छोडे पछि आमाले । सानैदेखि मामाघरको हजुरआमाले हुर्काए, कृष्णलाई । जब ठुलो भए यस्तो घटना घट्यो । प्रेम गरेपछि अन्तरजातिय बिवाह गरेका रुपा र कृष्णको प्रेम कथा पनि मेरै फिल्मको सुटिंगबाट सुरु भएको रहेछ । हामी तपाईको बिर्खेलाई चिन्छस् फिल्मको सुटिंग हेर्न जांदा पहिलो पटक कुराकानी गरेको नि, रुपाले सुनाईन् ।

रुपाको कृष्णप्रतिको प्रेम देख्दा निस्वार्थ माया गर्ने मान्छे पनि अझै संसारमा छन् र झैं लाग्यो । सांच्चै महान् रुपा बहिनीलाई मैले सोलुट गरें । अनि कृष्णको जीवनमा अब एउटा कलाकार हैन दाजुको रुपमा शिशिर भण्डारीको भुमिका रहनेछ, तिमीलाई सबैसंग सहयोग जुटाएर खुट्टाले हिड्ने र कामहरु गर्न सक्ने बनाउंछु भनेर वाचा गरें । त्यसको लागि तपाई सबैको साथ चाहिन्छ है ।

कृष्णको हात र खुट्टै काट्नु पर्ने घटना के थियो ? किन सानैमा छोडेका थिए, कृष्णलाई उनका बाबु आमाले ? कसरी सम्भव भयो, कृष्ण र रुपाको अन्तरजातिय बिवाह ? अनि समाजले किन भन्दैछ रुपालाई, कृष्णलाई छोड्दे ? ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको