प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर रिलिज



हाम्रो इकोनोमि

 

‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर हेर्नुस् :

ट्रेलरमा नायक प्रदिप खड्का गायकको भूमिकामा प्रस्तुत भएका छन् ।

लभ स्टोरी फिल्ममा प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा सुवाष सिंह बस्नेतले तयार पारेका हुन् ।

उज्जवल घिमिरेले निर्देशन गरेको फिल्मलाई गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी र लोकेश बजार्चायले सम्पादन गरेका छन् ।

फिल्ममा एक्सन कुमार श्रेष्ठको, कोरियोग्राफी शिशिर खत्रीको, संगीत शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको रहेको छ ।

फिल्म चैत्र २२ गते देखि रिलिज हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस
सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...