उडिरहेको विमानमा जन्मियो बच्चा, जसले पाउने छन् जीवनभर फ्रि टिकट !



हाम्रो इकोनोमि

 

साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा एक बच्चाको जन्म भएको छ ।

महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।

जेट एयरका अनुसार यस बच्चाको जन्म ३५ हजार फीटको उचाइमा भएको थियो मुम्बई विमानस्थलमा अवतरण गरिएपछि आमा र बच्चा दुवैलाई होली स्पिरिट अस्पतालमा भर्ती गराइएको थियो ।

जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्नेछन् ।

जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो , जब कुनै बच्चा उडान भइरहेको बेला जन्म लिएको छ ।

यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएकी थिइन् । यस बच्चाको जन्म दिने क्रममा क्याविनका क्रु मेम्बरले सहयोग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...