पूर्व श्रीमानलाई बचाउन दिइन् पुर्व पत्नीले मृगौला
अमेरीकाकाे मिनेसाेटाेमा एक श्रीमतीले आफ्नाे भुतपुर्व श्रीमान बचाउनकाेलागि मृगाैला दिएकी छिन् ।
सम्बन्धविच्छेदको २० वर्ष भैसकेकाे भएपनि उनले आफ्ना पुर्व श्रीमान बाँचुन् भन्ने चाहानाले मृगाैला दिएकी हुन् ।
१४ वर्षका मेरी र बिलले एक–अर्कालाई डेट गरे पश्चात १८ वर्षकाे हुँदा विवाह गरेका थिए ।
तर जब दुई २४ वर्षका भए दुबैको सम्बन्धमा तित्तता छायो र दुबैले अलग्गिने निर्णय गरे ।
तर बच्चाहरुको हेरबिचार राम्रोसँग होस् भनेर उनीहरुले आफ्नो साथीको सम्बन्ध भने कायम राखे ।
मधुमेहका कारण बिलको दुबै मृगौलाले काम गर्न बन्द गरेका थिए । बिल र मेरीकी छोरीको मृगौला म्याच भयो ।
तर उनीहरुका सन्तान साना थिए त्यसकारण मृगौला प्रत्यारोपण गर्न सकेनन् । त्यसपछि मेरीले आफ्नो मृगौलाको परीक्षण गराइन् ।
बिलको ब्लड ग्रुप दुर्लभ थियो तर पनि पूर्वपत्नीको मृगौला म्याच भयो । सम्बन्धविच्छेदको २० वर्षपछि पूर्व श्रीमानलाई मृगौला प्रत्यारोपण गरेर उनको जीवन बचाएकोमा मेरीको निकै चर्चा भयो ।
उनी भन्छिन्, ‘यदि मेरो कहानी सुनेर कुनै एक व्यक्तिले पूर्वपती र पूर्वपत्नीको विषयमा आफ्नो धारणा परिवर्तन गर्छ भने त्यो ठूलो कुरा हुनेछ ।


