तरकारी ढिलो पकाएको भन्दै श्रीमतीलाई गोली प्रहार गर्ने श्रीमान पक्राउ



हाम्रो इकोनोमि

 

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिवार पक्राउ गरेको हो ।

तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए ।

घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए ।

घाइते बालकुमारी र उनका श्रीमान् दुवैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...