प्रिय नेता, लोकप्रिय अर्थमन्त्री



 

भरतमोहन अधिकारी २००७ सालपछि राजनीतिमा संलग्न राजनीतिक पुस्ताको प्रतिनिधि पात्र हुनुहुन्थ्यो।

उहाँले विभिन्न मोड र घुम्तीहरुमा नेपाली कम्युनिस्ट आन्दोनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

मैले उहाँलाई चिनेको, बुझेको र नबिर्सिएको चाहिँ संविधान सुझाव आयोग २०४७ को सदस्य  रुपमा उहाँले निर्वाह गरको भूमिकाबाट हो।

२०४७ को संविधान निर्माण गर्ने वाम मोर्चाका प्रतिनिधिमध्य उहाँ एक हुनुहुन्थ्यो।

उहाँ विराटनगरमा स्थापित कानुन व्यवसायी रहेको पृष्ठभूमिका कारणले उहाँले अत्यन्तै प्रभावकारी र निर्णयक भूमिका खेल्नुभएका थियो। त्यही जगमा उभिएर नेकपा एमाले बन्यो।

मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेकपा माक्र्सवादी र मदन भण्डारीले नेतृत्व गर्नुभएको नेकपा मालेलाई एकीकृत गरेर नेकपा एमाले निर्माण गर्न उहाँले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

उहाँको व्यक्तित्व अत्यन्त उत्कर्षमा रहेको, सिंगो देशले चिनेको र क्षमतालाई नजिकबाट परख गरेका चाहिँ पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रुपमा उहाँले ल्याउनुभएको बजेटबाट हो।

जसमा ‘आफ्नो गाउँ आफैं बनाउँ’ मार्फत उहाँले ग्रामीण विकासको एउटा लहर सिर्जना गर्नुभयो।

७५ वर्ष माथिका जेष्ठ नागरिकलाई एक सय रुपैयाँ वृद्ध भत्ता दिने थालनी गरेर कम्युनिस्ट सरकारमा आएपछि ६० वर्ष पुगेका मान्छेहरुलाई गोली हान्छ’ भनेर सिर्जना गरिएको भ्रमको तुवाँलो चिरिदिनुभयो। जुन आज सामाजिक सुरक्षा भत्ताको रुपमा विस्तारित छ।

राज्य लोक कल्याणकारी हुनुपर्छ। राज्यले विकासको लहर जगैबाट ल्याउनुपर्छ।

आवश्यकता भएका ग्रामीण वस्तीबाट विकास सुरु गर्नुपर्छ भन्ने अवधारणाको कार्यान्वयन उहाँले गर्नुभएको थियो।

त्यसअघि गाउँलाई केन्द्रित गर्ने, अशक्तमा केन्द्रित गर्ने, वृद्धवृद्धामा केन्द्रित गर्ने बजेटको परिपाटी थिएन।

पार्टीमा विभिन्न समयमा उहाँ आन्दोलन परिचालन कमिटीको संयोजक, महाधिवेशन आयोजक मूल समितिको संयोजक लगायत महत्वपूर्ण जिम्मेवारीमा रहँदा मेरो मेरो व्यक्तिगत सम्बन्ध बनेको हो।

२०६१ साल जेठमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुहुन्थ्यो।

जुन सरकारलाई माघ १९ गते राजा ज्ञानेन्द्रले ‘कू’ गरे।

त्यो सरकारमा उहाँको टिममा म चाहिँ उहाँको प्रेस सल्लाहकार थिएँ। त्यसअवधिबाट उहाँलाई नजिकबाट सहयोग गरें।

उहाँको काम गर्ने तरिका, शैली र प्राथमिकता लगायत धेरै कुरामा नजिकबाट चिनेको छु।

खसगरी शान्ति प्रक्रिया, माओवादी हिंसाको शान्तिपूर्ण अवतरण लगायतका विषयमा उहाँको सक्रियता मैले नजिकबाट देखेको छु।

२०६८ सालमा बजेट ल्याउने टुंगो गरिएको दिनमा बजेट आएन। उहाँले मिडिया समक्ष ‘अर्थमन्त्रीका रुपमा मैले बजेट ल्याउँछु’ भनेर आत्मविश्वासका साथ कुरा राख्नुभयो।

त्यस क्रममा उहाँले जुन घेराबन्दी र प्रहार खेप्नुभएको थियो, त्यसलाई सुझबुझ ढंगले छिचोल्नुभयो।

भरतमोहन अधिकारीले चारपल्ट अर्थमन्त्री हुँदा ल्याउनुभएको बजेट उहाँको आवधारणा, सपना, प्राथमिकता रहेका छन्।

धेरै नवीन कार्यक्रम छन्। उहाँले २०५१ सालमै बजेट ल्याउँदा मध्यपहाडी राजमार्ग (अहिले जो पुष्पलाल लोकमार्ग) को खाका प्रस्तुत गर्नुभएको थियो। अहिले निर्माणमा निकै अघि बढिसकेकोको छ।

‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भरतमोहन अधिकारीले २०६१ को बजेट ल्याउँदा अघि सार्नुभएको नारा थियो।

सहकारी अभियानसहित सहकारी, निजी र सरकारी तीन खम्बे अर्थनीतिको प्रणेता हुनुहुन्थ्यो उहाँ।

आफूले जिम्मा पाएको काम सफलतापूर्वक फत्ते गर्न सक्ने योग्यता, क्षमता हैसियत र दम राख्ने नेता हुनुहुन्थ्यो। उहाँको व्यक्तित्व असाध्यै विनम्र, सरल र सहज थियो।

उपचारका क्रममा मैले उहाँलाई धेरैपटक भेटें। पछिल्लो पटक उहाँलाई ह्याम्स अस्पतालमा भेटेको थिएँ। उहाँको फोक्सोबाट कफ निकालेर क्याबिनमा सार्नुअघि उहाँले मसँग कुरा गर्नुभएको थियो। उहाँले चिन्नुभयो। उहाँलाई पार्टी, देश र जनताको आशाकै चिन्ता थियो।

उहाँ भन्दै हुनुहुन्थ्यो, ‘म दुई–अढाई महिनादेखि अस्पतालमै छु। बाहिर के  भइरहेको छ? नेताहरु झगडा गरिरहेका छन् भन्ने सुन्छु । झगडा गर्ने बेला होइन यो भनेर भन्नुप¥यो। पार्टी एकता व्यवस्थित गर्नुप¥यो। जनताले आशा गरेका छन्। यो अवसरको सदुपयोग गर्नुप¥यो। यसमा तपाईंहरुले नेतालाई भन्ने काम गर्नुहोला।’

‘बेला न कुबेला भेनेजुएला’को समय थियो। भेनेजुएलाको प्रसंगमा नेता बाँडिनु  आवश्यक नरहेको बताउनुभयो। सबै कुरा नेताहरु बसेर समाधान भइसकेको बताएको थिएँ। पार्टी एकता, देशको समृद्धि र अनावश्यक विवादको चिन्ता थियो उहाँलाई।

मैले उहाँलाई अस्पतालको शैयामा भएकाले उपचारमा केन्द्रित हुन भनेको थिएँ। देशभित्र उहाँको उपचार गर्न सक्दो कोसिस भयो। हेम्स अस्पतालमा पु¥याएपछि  देशबाहिर लगेर उपचार गर्ने अवस्था घर्किसकेको थियो।

नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन भरतमोहन अधिकारीले पहिलो कम्युनिस्ट सरकारका पालमा अर्थमन्त्रीका रुपमा दिएको योगदानको भूमिका छ। नेपालमा कम्युनिस्ट सरकारको परीक्षणकालमा उहाँ सफल हुनुभयो। त्यो परीक्षणका बेला थालनी भएका जनमुखी, लोककल्याणकारी, लोकप्रिय कार्यक्रमका कारण आज देशमा दुई तिहाई कम्युनिस्टको शासन छ।

त्यतिबेला मनमोहन अधिकारीको नेतृत्वमा उहाँ अर्थमन्त्री भएर ती काम नगरेका भए आज देशमा दुई तिहाई बहुमतको सरका परिकल्पना गर्न सकिँदैनथ्यो। किनभने संसारभरि कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको स्थितिमा मतदानको माध्यामबाट दुई तिहाइ प्राप्त हुनु सामान्य कुरा होइन। यसमा भरतमोहन अधिकारीका कामको अतुलनीय योगदान छ।

ती प्रिय नेता र लोकप्रिय अर्थमन्त्री अधिकारी भौतिक रुपमा उहाँ हामीमाझ रहनुभएन। तर, उहाँले पार्टी र देशका लागि गर्नुभएको योगदानले उहाँलाई अमर राखिरहने छ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही