विहान क्याम्पस हिडेकी दिव्या पोखराको फेवातालमा मृत फेला
पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ ।
पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।
कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपो खरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले उनको शव भेटेको हो ।
नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै क्याम्पस जानको लागि घरबाट हिडेको बताइएको छ ।
किनार नजिकै फेवातालमा घोप्टो परेको अवस्थामा उनलाई भेटिएको शाहले बताए ।
फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख एवं (डि.एस.पी.) कोमल शाहले बताए ।
उनको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको ला गि राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले बताए ।
गौरीघाटमा एउटा स्कुटर समेत भेटिएको र अधिकारीको साथमा रहेको चावी उक्त स्कुटरकै भएको बताइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एस.पी.ओम बहादुर रानाले बताए ।

