मलंगवामा गोली हानी एकको हत्या



हाम्रो इकोनोमि

 

सर्लाही सदरमुकाम मलंगवामा शनिबार राति अज्ञात समूहले गोली हानी एक जनाको हत्या गरेको छ। गोली लागेर मलंगवा नगरपालिका २ का ३१ वर्षका मनोजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

 

यादवलाई मलंगवा नगरपालिका ८ मा लगेर गोलीहानी हत्या गरिएको हो। यादवलाई ४ राउण्ड गालामा र एक राउण्ड घाँटीमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।  प्रहरीले घटनामा संलग्नहरुको खोजी तीव्र पारेको छ। घटनास्थलमा विष्फोट भइसकेका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ। मृतकको मोबाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी निरीक्षक देवले बताए।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...