भरतमोहन अधिकारीको अहिलेको अवस्था, म जिउँदै छु, मरेको छैन



हाम्रो इकोनोमि

 

भरतमोहन अधिकारीको अहिलेको अवस्था नाजुक भएपनि मरेका भने छैनन् । उनलाई अहिले यसो भन्न सकिन्छ म जिउँदै छु,मरेको छैन ।
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा चिकित्सकहरु अझैं प्रयासरत् छन्  फेसबुकेहरु श्रद्धाञ्जली दिन दौडादौड भएपछि भरतमोहन अधिकारीलाई म जिउँदै छु,मरेको छैन भन्नपर्ने भएको छ ।

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको छ । अधिकारीलाई बचाउने सम्भावना न्यून रहेको उनी उपचाररत धुम्बाराहीस्थित ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र क्रिटिकल केयर सेन्टरका निर्देशक डा हेमराज पनेरुले अधिकारीको स्वास्थ्य अवस्था नाजुक भएको बताए ।

शनिबार अपरान्ह अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेता अधिकारीको स्वास्थ्य अत्यन्त क्रिटिकल छ । उहाँ बाँच्ने सम्भावना न्यून छ।’

अधिकारीको स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई राखिएको अस्पतालमा उनका परिवारका सदस्य र नेकपाका नेता–कार्यकर्ताहरु पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...

फेटा गाउँपालिकामा अपाङ्गता भएका नागरिकलाई ह्विलचियर वितरण

    ‍बारा जिल्लाको फेटा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले ह्विलचियर...