घाँटीमा खोपको टाटु हटाउन खोज्दा युवतीको भयो यस्तो बेहाल : घाउले लियो डरलाग्दो रुप, यसरी पोखिन् आफ्नो दु:ख



हाम्रो इकोनोमि

 

अहिले संसारभर प्रचलनमा रहेको टाटु प्रचलन तीव्र रूपमा बढेको पाइन्छ ।

टाटुको इतिहास हजारौँ वर्ष पुरानो भए पनि पछिल्लो २०–३० वर्षयता विश्वमै यसको लोकप्रियता बढ्दो छ ।

त्यसो त टाटुको जमाना नेपालमा पनि धेरै वर्षअघि सुरु भएको छ । टाटु खोप्ने प्रक्रिया साधारण भने छैन ।

टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

अहिले भने धेरै युवाले टाटुप्रति रुचि दिन थालेका छन् । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ ।

त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

थाइल्यान्डकी एक विद्यार्थीले छातीमा बनाएको टाटु हटाउन खोज्दा घट्यो डरलाग्दो भएको छ ।

२१ वर्षीया पसुदा रिअबले छातीमा बनाएको गुलाफको फुलको टाटु हटाउने हुँदा निकै सास्ती खेप्न पर्‍यो ।

आफ्नो टाटु राम्रो नलागेर पुन टाटु हटाउने निर्णय गरेकी उनले गलत तरिकाबाट हटाउन खोजेकै कारण उनले धेरै दुख पिडा झेल्नु पर्‍यो ।टाटु हटाउन उनले रसायन प्रविधिलाई अँगालिन् ।

हटाइन पनि तर आफूले सोचे जस्तो भएन र अर्कै समस्याले पिरोल्न थाल्यो । रसायनको प्रयोगले हुने उनको घाउले अर्कै रूप लियो ।

घाउ निको नभई चिलाउने पोल्ने हुन् थालेपछि उनलाई पिडा माथि झन् ठुलो पिडा पर्‍यो । जुन घटनाले उनलाई कहिले पनि शान्ति दिएन र पीडालाई सम्झिन पनि सक्दिनन् । घाउ बढेर ठुलो हुँदै गयो ।

आफूले हेर्दा पनि छातीको घाउ निकै डरलाग्दो देखेकी उनले निकै पछुताउने बाहेक अरू केही विकल्प थिएन ।

उनले आफूले भोगेको जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर पहिलेको टाटु र रासायनिक उपायपछिको दृश्यलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

उनी चाहन्छिन्, टाटु बनाउनुअघि धेरै सोचेर मात्र बनाउनुहोला । पछि हटाउँदा मैले रोजेजस्तो उपाय कहिल्यै नरोज्नुहोला । नत्र मेरो जस्तै हालत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...