सुगुर र वगुंरलाई खुवाउने जुठो भात तरकारीवाट यसरी बन्छ मदिरा (भिडियो सहित) ।



हाम्रो इकोनोमि

 

रोशन दानी काठमाडौ फाल्गुन १३ महानगरी प्रहरी प्रभाग बलम्वुले १२ हजार ४ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

महानगरीय प्रहर प्रभाग बलम्वु र प्रहरी वृत्त थानकोटको टोलीले बरामद भएको १२ हजार ४ सय लिटर तयारी घरेलु मदिरा र ४ हजार किलो मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको हो ।

काठमाडौ चन्द्रगिरि नगरपालीका वडा नम्वर ८ कञ्चन वस्तीमा प्रहरीले उत्तm परिणाम सहितको मदिरा वनाउने कारखाना फेला पारेको हो ।

सुविधा समपन्न घरमा लुईकाई छिपाई मदिरा बनाउने गरेको भन्ने सुचनाको आधारमा छापा मार्दा रहस्यमय तवरले आधुनिक घर भित्र मदिराको भट्टी फेला पारको महानगरी प्रहरी वृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले वताए ।

उनले भने, ‘‘तिन ओटा सुविधा सम्पन्न घरवाट ति मदिरा र मदिरा वनाउने कच्चा पदार्थ र वनाउन प्रयोग हुने दुई ट्रक समाग्री वरामद गरेको छौं ।” 

बलम्वु प्रहरी प्रमुख शकंर खड्काको नेतृत्वमा गएको टोलीले आधुनिक घर भित्रै हजारौ लिटर अवैध भट्टी र मदिरा फेला पारेछि महानगरीय प्रहरी वृत्त थानकोटलाई खवर गरेको हो ।

प्रहरी निरिक्षक खड्काका अनुसार पाटी प्याले,विवाहको भोज भतेर वाट उठाईएको खाद्य पदार्थ सुगुर वुङगुरलाई प्रयोग गर्न भने अवैध मदिरा वनाउन प्रयोग भएको हुन सक्ने प्ररम्भिक अनुशन्धान वाट खुलेको वताए ।

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको महानगरी प्रहरी परिसरका प्रहरी प्रवक्ता होविन्द्र वोगटीले वताए ।

‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, थानकोट प्रहरी प्रमुख कुमार विक्रम थापाले भने ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ।’घरेलु मदिराकै कारण सार्वजनिक अपराधीक तथा घरेलु हिसांका घटना घट्ने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...