अन्तर जातिय बिवाह गरेकै दिन विद्यालयलाई पाँच लाख



हाम्रो इकोनोमि

 

फागुन १२ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।

नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्च आइतबार विद्यालयलाई प्रदान गरेका हुन् ।

विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम गरेर उक्त सहयोग गरेका हुन् ।
छोराबुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताए ।
वैवाहिक कार्यक्रमकै दिन सरस्वती मावि सल्लेलाई रु एक लाख ५१ हजार तथा रु ५० हजार बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको छ ।

त्यस्तै जलजला मावि थवाङ रोल्पालाई समेत रु एक लाख र अभिभावकविहीन, दलित तथा विपन्न तीन बालबालिकालाई जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रगतिशील वैवाहिक कार्यक्रममा नरेन्द्रको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षकलाई समेत सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...