अन्तर जातिय बिवाह गरेकै दिन विद्यालयलाई पाँच लाख



हाम्रो इकोनोमि

 

फागुन १२ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।

नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्च आइतबार विद्यालयलाई प्रदान गरेका हुन् ।

विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम गरेर उक्त सहयोग गरेका हुन् ।
छोराबुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताए ।
वैवाहिक कार्यक्रमकै दिन सरस्वती मावि सल्लेलाई रु एक लाख ५१ हजार तथा रु ५० हजार बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको छ ।

त्यस्तै जलजला मावि थवाङ रोल्पालाई समेत रु एक लाख र अभिभावकविहीन, दलित तथा विपन्न तीन बालबालिकालाई जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रगतिशील वैवाहिक कार्यक्रममा नरेन्द्रको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षकलाई समेत सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...