Ncell प्रधान कार्यलयकाे गेटमा भएकाे बम बिस्फाेटमा परि मरिएका बटुवा बिदेशमा सत्ताइस बर्ष पसिना बगाएर आएका थिए
तोप बहादुर पुनको फेसबुक बाट साभार – दैबकाे लिला पनि अपराम्पर छ।बिदेशमा सत्ताइस बर्ष पसिना बगाएर अाफ्नाे देशमा अाएर केहि गर्छु भनि बचे खुचेकाे जाेश जाँगर बाेकेर हिड्दा हिड्दै यसरि बिभत्स रुपमा नक्खुमा रहेकाे Ncell प्रधान कार्यलयकाे गेटमा भएकाे बम बिस्फाेटमा परि अल्प अायुमा नै मृत्युबरण गर्नु पर्याे।
भाइ तपाईकाे अात्मा ले शान्ति पाअाेस र तपाइकाे परिवार ले यस दुखद घडिमा धर्यधारणा गर्ने शक्ति मिलाेस।
यसकाे साथ साथै राज्यले प्रत्येक नागरिकलाइ सुरक्षाकाे प्रत्याभुति दिलाउन सकाेस र मृतककाे परिवारलाइ उचित क्षति पुर्ती दिलाउन सकाेस र यस्ता खालकाे बिष्फाेट गराइ बिभत्स तरिकाले निर्दाेस बटुवाकाे हत्या गर्ने हत्यारा हरुलाइ याे राज्यले यथा सिग्र कानुनी कठघेरामा ल्याउन सकाेस अन्यथा साेझा सिधा लाहुरेहरुले अर्काे कदम चाल्न नपराेस।
भाइ तपाइकाे अात्माले सान्ती पाअाेस। हार्दिक श्रध्दन्जलि

