चितामा आगो दन्किरह्यो, आँसुहरु बगिरहे (फाेटाे फिचर)



हाम्रो इकोनोमि

 

 

प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको शनिबार अन्त्यष्टि गरिएको छ । पश्चिम दाङको दंगीशरण–६ वागर खोलाको चिराघाटमा ओलीको अन्त्येष्टि गरिएको हो ।

छोटो समयमै राजनीतिक उचाइ चुमेका ओलीप्रति अन्तिम श्रद्धाञ्जली दिन जिल्लाका विभिन्न स्थानबाट हजारौंको सहभागिता रहेको थियो । आफ्नो अभिभावक गुमाएको शोकमा डुबेका पश्चिम दाङबासीहरुले बलिन्द्र धारा आँशु बगाउँदै ओलीप्रति श्रद्धाञ्जली दिएका थिए ।


गएको निर्वाचनमा यही गीत घन्काउँदै चुनावी मोर्चामा खटिएका हजारौं कार्यकर्ता र शुभचिन्तकहरु रुँदैरुँदै घर फर्किएका छन् ।

चितामा आगो बलिरहँदा शुभचिन्तकहरुका आँशु बर्सिरहेका थिए । लामो समयपछि जनताहरुको पीरमर्का बुझ्ने नेता पाएको भन्दै दैवले आफ्नो अभिभावकलाई टपक्कै टिपेर लगेको भन्दै पश्चिम दाङबासीहरु भक्कानिदै रोएको दृश्य अत्यन्तै कारुणिक देखिन्थ्यो ।

प्रदेश ५ सरकारको तर्फबाट शोक सलामी प्रदान गरिएसँगै ओलीको पार्थिव शरिर उहाँकी जीवन संगीनी विमलाकुमारी ओली, छोराहरु प्रणव, प्रतिकले दागवत्ती दिएका छन् । ओलीप्रति अन्तिम श्रद्धाञ्जली दिन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, सभामुख पूर्णबहादुर घर्ती, कानुनमन्त्री कुलप्रसाद केसी, प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी, सुजिता शाक्य, हिराचन्द्र केसीलगायतको उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...