सर्वसाधारण जनतालाई मार पर्नेगरी ग्यासको भाउ बढाउन देउवाले ओलीलाई दिए यस्तो दवाब



हाम्रो इकोनोमि

 

कमिसन वृद्धि लगायतका माग पूरा नगरे बिक्री ठप्प पार्ने चेतावनीसहित सरकारलाई अल्टिमेटम दिएका ग्यास उद्योगीले राजनीतिक ‘लबिङ’ थालेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० बुँदे माग पूरा गर्न नेपाल एलपी ग्यास उद्योग संघले सरकारलाई १० दिने अल्टिमेटम दिएको थियो ।

 

त्यसको चौथो दिन आइतबार संघका पदाधिकारीहरु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न पुगेका छन् ।
भेटमा उद्योगीहरुले समस्या समाधानका लागि देउवासमक्ष आग्रह गरेका छन् ।

 

जवाफमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तत्काल समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको संघका सचिव श्याम बुढाथोकीले जानकारी दिए ।

 

संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेतारवितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग अघि सारेको छ ।

 

यदि आˆना माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा समेत गरेको छ ।  फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने संघको चेतावनी छ ।

ट्रम्पसँग वार्ता गर्न रेलमा चढेर भियतनामतर्फ लागे उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन !

 

उत्तर कोरियाका सर्वोच्च नेता तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि भियतनामतर्फ प्रस्थान गरेका छन् ।

 

नेता किम रेलमार्गबाट भियतनामको राजधानी हनोइ पुग्ने छन् । उत्तर कोरिया शीर्ष नेताहरुले विदेश भ्रमण जाँदा पहिले पनि आफ्नै रेलको प्रयोग गर्दै आएका छन् ।

 

किम ईल सुङ र किम जोङ इले पनि चीनको भ्रमण जाँदा रेलमार्गकै प्रयोग गर्ने गर्दथे । स्थानीय समयअनुसार कि जोङ उन शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन् ।

 

ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनामको राजधानी होनईमा हुँदैछ । उनीहरुको बीचमा पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापुरमा भएको थियो । किम आफ्नी बहिनी किम यो जङ र पूर्वजनरल किम योङ चोल तथा अन्य सहयोगीका साथ भियतनामतर्फ प्रस्थान गरेका हुन् ।

 

ट्रम्पले गएको सेप्टेम्बर महिनामा अमेरिकामा एक र्यालीलाई सम्बोधन गर्दै किम र आफू प्रेममा परेको बताएका थिए । साथै किमले आफूलाई सुन्दर पत्र पठाएको समेत जनाएका थिए ।

 

विगत लामो समय देखि दुष्मनीपूर्ण सम्बन्ध रहेका अमेरिका र किम जोङ उनको बीचमा सिंगापुर समिट भएपछि दुई देशको बीचमा सम्बन्ध सुधार भएको छ । किम र ट्रम्पको शिखर वार्ताले अमेरिका र कोरियाको बीचमा रहेको असमझदारी अन्त्य हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...