अन्ततः हुने नै भयो सुगौली सन्धी मार्फत भारतले लिएको नेपाली भुमि फिर्ता, यसरी भयो बेलायती मन्त्रीको ध्यानाकर्षण (पुरा विवरण हेरी शेयर गर्नुहोस्)



हाम्रो इकोनोमि

 

 

नेपाल भ्रमणमा रहेका बेलायती रक्षामन्त्री ग्याविन विलियमसनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीमा गुमाएको नेपाली भू–भाग फिर्ताको पहलका निम्ति तीन बुँदे ज्ञापनपत्र बुझाएको छ ।

मोर्चाले नेपाल र बेलायतबीचको सम्बन्ध गोर्खा जवानको भर्ती र तिनको सेवासुविधासँग मात्र सीमित नरहेको भन्दै यो सम्बन्ध बेलायतसँग नासोको रूपमा हाम्रो माटोसँग पनि अझ बढ्ता रहेको जनाएको छ ।

नेपाल र बेलायतबीच सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भई तत्कालीन नेपालको ४०५ भन्दा बढी जमिन बेलायती साम्राज्यमा गाभिएकोमा बेलायत त्यस क्षेत्रबाट फर्किँदा त्यो जमिन नेपाललाई फर्काउनुपर्छ भन्ने कुरा चटक्कै बिर्सेको मोर्चाको भनाई छ ।

‘हामीलाई हाम्रो जमिन फिर्ता चाहिएको थियो तर तपाईंहरूले नेपालको जमिन भारतको अधीनमा रहन सक्तैन भन्न चाहनुभएन ।

हामी आज पनि हाम्रो भू–भाग फिर्ता लिन लालायित छौँ, जुन भारतको उपनिवेशमा रहँदै आएको छ ।

त्यतिबेला मेचीपूर्व टिस्टा नदीको नगरकट्टासम्म र महाकाली पश्चिम सतलज नदीसम्म बेलायतको उपनिवेशमा रहेको हाम्रो जमिन बेलायतले त्यो क्षेत्र छाडेपछि त्यतिबेलै स्वतन्त्र भयो कि भएन ? के बेलायतले त्यो नेपाली भू–भाग भारतका हातमा छोडेर गएको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ?’ भनेर प्रश्न गरेको छ ।

त्यस्तै मोर्चाले बुझाएको ज्ञापनपत्रको ३ नम्बर बुँदामा सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता लिने कुरा कुनै जटिल समस्या नभएको उल्लेख छ ।

‘बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिनुपर्छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा बेलायत सरकारले भारत सरकारलाई नेपालको जमिनमाथि भारतको कब्जा तत्काल अन्त्य गर्न दबाब दिनु बेलायतको नैतिक दायित्व हो भन्ने ठान्दछ’ ज्ञापनपत्रमा भनिएको छ ।

मोर्चाले सैनिक कार्वाही गरेर फकल्यान्ड टापुमाथि बेलायती झन्डा फहराउने देशले सैनिक कार्बाही गरेरै गोआमाथि कब्जा जमाएको भारतलाई नेपालको जमिन सम्मानपूर्वक फिर्ता गर्ने बाध्यकारी वातावरण बनाइदेओस् भन्ने नेपाली जनताको मागमा समर्थन जनाउन हामीमाथि न्याय प्रदान गर्दै उपनिवेशको अन्त्यमार्फत स्वतन्त्रताको संखघोष गरोस् भन्ने माग दोहोर्याएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...