अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, अर्का गम्भीर घाइते



हाम्रो इकोनोमि

 

अमेरिकामा गाेली हानेर एक नेपालीको हत्या गरिएकाे छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो। गत बिहीबार राति साढे ११ बजेतिरको घटना हो। उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए।

 

गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन्। अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइते बानियाँकाे भने नेपालकाे ठेगाना खुलेकाे छैन।

 

त्यहाँको प्रहरीले घटनाको वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलको विवाद भएको बुझिएको छ। ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको बताइएको छ। मृतक घलेका बुबा-आमा छैनन् भने एक दिदी नेपाल र अर्की दिदी बेलायत तथा भाइ सिंगापुरमा बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...