ट्रम्पलाई भेट्न रेल चढेर भियतनाम जादै किम



हाम्रो इकोनोमि

 

उत्तर कोरियाका नेता किम जङ-अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुन लागेको शिखरवार्तामा भाग लिन रेल चढेर छिट्टै भियतनाम जाने योजनामा भएको भन्दै विवरणहरू अन्तराष्ट्रिय सञ्चारमाध्यममा आएका छन्।

प्योङ्याङबाट यदि उनी त्यसरी हनोई गए भने सो यात्रा कम्तीमा तीन हजार किलोमिटर लामो हुनेछ र त्यसका लागि कम्तीमा दुई दिन लाग्नेछ।

तर किमको यात्रासम्बन्धी योजनाहरू प्रायः अतिगोप्य हुने गर्छन्।

ट्रम्प र किमबीच सिङ्गापुरमा भएको अघिल्लो शिखरवार्ताको योजना पनि यसरी नै रहस्यको गर्भमा राखिएको थियो।

हवाईमार्गबाट जाने स्पष्ट भए पनि अन्तिम समयसम्म उनी कुन विमानमा सिङ्गापुरमा अवतरण गर्छन् भन्ने जानकारी दिइएको थिएन।

हनोई आइनपुगेसम्म उनले कुन मार्ग वा माध्यम प्रयोग गर्छन् भन्ने कुरा हामीले थाहा नपाउन सक्छौँ

किमले कुन मार्ग रोज्लान् ?
सूत्रहरूलाई उद्धृत गर्दै जापानी र दक्षिण कोरियाली सञ्चारमाध्यमले किम आफ्नो निजी रेल चढेर प्योङ्याङबाट सीमावर्ती डान्डोङ हुँदै चीन प्रवेश गर्ने र त्यहाँबाट रेलमार्ग हुँदै भियतनाम जाने सम्भावना रहेको जनाएका थिए।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...