अब शिक्षकको सुविधा सरकारी कर्मचारीको भन्दा आकर्षक, यस्तो छ शिक्षा मन्त्रालयको सहमति (२० बुंदे सहमतिसहित)



हाम्रो इकोनोमि

 

के तपाई शिक्षण गर्नु हुन्छ ? अनि सेवा सुविधा कम भइरहेको महसुस गरिरहनु भएको छ ? यदि त्यसो हो भने अब तपाईले चिन्ता नलिए हुने भएको छ ।

अब सरकारले शिक्षकलाई निजामती कर्मचारी भन्दा आकर्षक सेवा–सुविधा दिने भएको छ ।

शिक्षकलाई निजामती कर्मचारीको भन्दा आकर्षक सेवा सुविधा दिने प्रवन्ध गर्न शिक्षा मन्त्रालयले सहमति जनाइसकेको छ ।

निर्माणको प्रक्रियामा रहेको संघीय ऐनमा उक्त ब्यवस्था गर्ने गरी मन्त्रालयले नेपाल शिक्षक महासंघसँग लिखित सहमति समेत गरेको छ ।

‘विद्यालय शिक्षकको सेवा शर्त र सुविधाको मापदण्ड संघीय सरकारले तोक्ने र त्यस्तो सुविधा समान तहका निजामती सेवाको कर्मचारी भन्दा आकर्षक बनाइने’ महासंघ र शिक्षा मन्त्रलयबीचको सहमतिमा उल्लेख छ ।

लामो समयदेखि आन्दोलनरत महासंघ र मन्त्रालयबीच पटक–पटक भएका वार्तापछि बिहीबार भएको २० बुँदे सहमतिको बुँदा ६ मा उल्लेख संघीय ऐनमा गरिने प्रवन्धहरु अन्तर्गत उक्त बुँदा राखिएको छ ।

शिक्षा सचिव खगराज बरालसहित मन्त्रालयका सहसचिवहरु र महासंघका अध्यक्ष बाबुराम थापासहित शिक्षक नेताहरुले हस्ताक्षर गरको उक्त सहमतिमा शिक्षकका विभिन्न सेवा सुविधाहरुको बारेमा उल्लेख गरिएको छ ।
हेर्नुस् यस्तो छ सहमति

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...