अब शिक्षकको सुविधा सरकारी कर्मचारीको भन्दा आकर्षक, यस्तो छ शिक्षा मन्त्रालयको सहमति (२० बुंदे सहमतिसहित)



हाम्रो इकोनोमि

 

के तपाई शिक्षण गर्नु हुन्छ ? अनि सेवा सुविधा कम भइरहेको महसुस गरिरहनु भएको छ ? यदि त्यसो हो भने अब तपाईले चिन्ता नलिए हुने भएको छ ।

अब सरकारले शिक्षकलाई निजामती कर्मचारी भन्दा आकर्षक सेवा–सुविधा दिने भएको छ ।

शिक्षकलाई निजामती कर्मचारीको भन्दा आकर्षक सेवा सुविधा दिने प्रवन्ध गर्न शिक्षा मन्त्रालयले सहमति जनाइसकेको छ ।

निर्माणको प्रक्रियामा रहेको संघीय ऐनमा उक्त ब्यवस्था गर्ने गरी मन्त्रालयले नेपाल शिक्षक महासंघसँग लिखित सहमति समेत गरेको छ ।

‘विद्यालय शिक्षकको सेवा शर्त र सुविधाको मापदण्ड संघीय सरकारले तोक्ने र त्यस्तो सुविधा समान तहका निजामती सेवाको कर्मचारी भन्दा आकर्षक बनाइने’ महासंघ र शिक्षा मन्त्रलयबीचको सहमतिमा उल्लेख छ ।

लामो समयदेखि आन्दोलनरत महासंघ र मन्त्रालयबीच पटक–पटक भएका वार्तापछि बिहीबार भएको २० बुँदे सहमतिको बुँदा ६ मा उल्लेख संघीय ऐनमा गरिने प्रवन्धहरु अन्तर्गत उक्त बुँदा राखिएको छ ।

शिक्षा सचिव खगराज बरालसहित मन्त्रालयका सहसचिवहरु र महासंघका अध्यक्ष बाबुराम थापासहित शिक्षक नेताहरुले हस्ताक्षर गरको उक्त सहमतिमा शिक्षकका विभिन्न सेवा सुविधाहरुको बारेमा उल्लेख गरिएको छ ।
हेर्नुस् यस्तो छ सहमति

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...