विश्व स्वास्थ्य संगठनको चेतावनीः ‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’



हाम्रो इकोनोमि

 

 

अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ ।

स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ ।

धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ ।

आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो ।

हामी मोवाईल भएपछि खाना खान समेत बिर्सिदिन्छौं । मोवाईल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । मोवाईल सबैभन्दा नजिकको साथी बन्दै गएको देखिन्छ ।

घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ ।

यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ । भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले मोवाईल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दावी गरेका छन् ।

८ हजार करोड रुपैयाँ भन्दा बढीको हीरा कारोबार गर्ने धोलकियाले मोवाईल फोनको प्रयोग कम गर्न सबैमा आग्रह गरेका छन् । दिपावलीमा आफ्नो ६ सय कर्मचारी गाडी गिफ्ट दिएर चर्चामा आएका धोलकियाले हरेक घरमा एउटा पागल हुनबाट बचाउँन मोवाईल फोनको प्रयोग कम गर्नुपर्ने सुझाव दिए ।

विश्व स्वास्थ्य संगठनको चेतावनीः

विश्व संस्था संगठन (डब्ल्यूएचओ) समेत मोवाईल फोनको बढी प्रयोग नगर्न चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले मोवाईल फोनको प्रयोगले बच्चाहरुमा गम्भीर असर परिरहेको बताए ।

एउटा अनुसन्धानले पनि मोवाईल फोनको अत्यधिक प्रयोगले दीर्घकालिन असर परेको देखिन्छ । मोवाईल फोनबाट उत्पन्न हुने रेडियो विकिरणले मानिसहरुको आँखा, मुटु, कलेजो तथा फोक्सो र दिमानमा बढी असर गर्ने गर्दछ । त्यसैले डब्ल्यूएचओले मोवाईल फोनको अत्यधिक प्रयोगलाई घातक मानेको छ । केन्द्रविन्दु समाचार 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...