कोरियन भाषा परिक्षा आवेदन खुल्यो, १७ गते देखि १९ सम्म परिक्षा आवेदन फारम भर्न सकिने



हाम्रो इकोनोमि

 

 

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जान लिईने कम्युटरमा आधारित (सिबिटी) परिक्षाको सुचना प्रकाशित गरिएको छ ।

फागुन १७ गते देखि १९ गतेसम्म परिक्षा आवेदन फारम भर्न सकिने जनाईएको छ ।

परिक्षा तालिका घोषणा चैत्र ११ गते सार्वजनिक गर्ने र परिक्षा बैशाख ४ गते देखि हुने तथा परिक्षाफल जेठ २४ मा सार्वजनिक गरिने वैदेशिक रोजगार विभाग कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ।

२०१७ मा बन्द भएको सिविटी अघिल्लो वर्ष देखि वर्षको २ चोटी सञ्चालन हुदै आएको छ ।

सन् २०१६ सम्म भने सिविटी वर्षको ४ चोटी सञ्चालन हुने गर्दथ्यो ।

कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन ।

मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ ।

कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुन्छन् ।

सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ ।

सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ ।

कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिविटीं) लिने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...