होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा



हाम्रो इकोनोमि

 

होन्डाले बेलायतको प्लान्ट बन्द गर्नेकार निर्माता कम्पनी होन्डाले मंगलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ ।

प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना छ ।

इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो ।

यो प्लान्टबाट होन्डाको ‘सिभिक’ मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् ।

होण्डा कम्पनीका अनुसार, यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ । युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताए ।

गत वर्ष होन्डाका युरोपेली वरिष्ठ उपाध्यक्ष इयान हावेल्सले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...