निर्मला हत्या प्रकरण : डीएनए परीक्षणका लागि नमुना अमेरिका पठाइने



हाम्रो इकोनोमि

 

कञ्चनपुर भीमदत्तनगर–२ कि बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ ।

डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट अमेरिका पठाइन लागेको स्रोतले बतायो ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि डीएनएको वैधानिकतामाथि प्रश्न उठाएको थियो ।

निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण ‘इलेक्ट्रोफेरोग्राम’ परीक्षणको प्रक्रियामाथि पनि प्रश्न उठेको छ ।

विज्ञहरुले डिएनएको समग्र संकलन प्रक्रियाका लागि विज्ञ समुह गठन गर्न सुझाव दिदै आएका छन् ।

स्रोतका अनुसार ‘इलेट्रोफेरोग्राम’ लाई अमेरिका पठाइनेछ । यसबारे डीएनए विज्ञहरुसँग छलफल भइरहेको स्रोतले बतायो ।

स्रोतका अनुसार प्रहरीकोे विधि विज्ञान प्रयोगशालामा ‘अटोसोमल एसटीआर’ निकाल्ने उपकरण मात्रै रहेको र अन्य उपकरण नरहेपछि विस्तृत रिपोर्टका लागि अमेरिकाको ल्याबमा पठाउन लागिएको हो ।

प्रहरीको प्रयोशालामा भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिएको अधिकारीहरुले बताउँदै आएका छन् । नमुना निकै कम भएकाले त्यसको संरक्षण गर्न नसकिएको प्रहरी अधिकारीको तर्क छ । तर विज्ञहरुले भेजाइनल स्वाबबाट निकालिएको नमुना सुरक्षित नराख्नु गम्भीर गल्ती भएको बताउँदै आएका छन् ।

प्रहरीका अनुसार निर्मलाको योनीको बाहिरी, मध्य र भित्रि भागबाट तीन फरक–फरक स्वाबको नमुना परीक्षण गरिएको थियो । निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको नमुना प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै परीक्षण गरिएको थियो ।  विज्ञले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा किन परीक्षण गर्न पठाइएन भन्दै प्रश्न उठाउँदै आएका छन् । स्रोतका अनुसार प्रहरीकै प्रयोशालाबाट कमजोरी भयो कि भन्नेतर्फ पनि अनुसन्धान सुरु गरिएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार डीएनए नमुना बाँकी नुहँदा अनुसन्धान जटिल बन्ने सम्भावना छ ।

एक अधिकारीले भने, ‘‘हामी सबै कुरामा सचेत रहँदै प्रयोशालाबाट आएको रिपोर्टलाई थप बलियो बनाउन खोजेका हौं ।

केही जटिलताहरु भने पक्कै छन् ।’’

गत साउन १० गते साथीको घरमा निस्कीएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भएपनि हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।  प्रहरीले अनुसन्धान साँघुरिँदै गएको बताउँदै आएको छ ।

प्रहरीले समातेका संकास्पद व्यक्तिले अभियोग स्वीकार गर्ने तर डीएनए नमिल्ने भएपछि अनुसन्धानमा जटिलता थपिएको हो ।

कञ्चनपुरमा रहेको विशेष अनुसन्धान टोलीले ‘म्यान्युअल’ अनुसन्धानमा जोड दिएको छ ।

पछिल्लो समय आसपासका गाउँका प्रत्येक घर र घरका सदस्यको लागत (रेकर्ड लिने ) कार्य प्रहरीले गरिरहेको छ ।

प्रहरीको प्रयोगशालामा भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिएको अधिकारीहरुले बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...