हामि के कुकूर हो ? केपी ओली के यमराज हो ? राष्ट्रपति जस्तो गरिमामय पदलाई अपमान गर्न पाइन्छ ?



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देशलाई ध्वस्त तथा बदनाम गराउने कसैले सपना देखेको भए त्यो सपना खोलामा बगाउन चेतावनी दिनुभएको छ ।

लोक गायक पशुपती शर्माले निकालीएको ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा भएका शब्द छनौट राष्ट्र र राष्ट्रियताको विरुद्धमा भएको बताउनुभयो ।

कसैको निर्देशनमा गायक शर्माले लोकतन्त्र तथा गणतन्त्रमाथी नै प्रहार भएको बताउँदै अध्यक्ष पोडेलले अहिलेको संवैधानीक व्यवस्थामा थि नै असफल बनाउने दुषित प्रयास गरेको बताउनुभयो ।

राष्ट्रपति जस्तो गरिमामय पदलाई अपमान गर्नु, पार्टीको झण्डा देखाएर, प्रधानमन्त्रीको विरुद्धमा नकरात्मक सन्देश दिने प्रकारको गीत सिर्जना गरेको बताउँदै उहाँले देश बनाउन सपना देख्ने प्रमलाई अनौतिक तथा घृणित लाल्छना गर्नु राष्ट्र र राष्ट्रियताको विरुद्धमा भएको दावि गर्नुभयो ।

गीतमा भएका शब्द छनौट तथा त्यसको प्रयोग, रुपक र लक्षणहरुको प्रयोग कसरी गर्ने भन्ने गीतका लेखक तथा गायकले बुझ्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘जति लट्न पाइन्छ लुट, यो सुविधा नेपालमा मात्रै हो, नेकपाका कार्य कर्तालाई कुकुर, प्रधानमन्त्रीलाई यमराज भनेर गीत गाउन मिल्छ ?’ पशुपतिको नजरमा हामी  के कुकुर हो ?

देश बनाउने जिम्मा अब युवाको काँधमा रहेको बताउँदै अध्यक्ष पौडेलले जसले समृद्धिको सपना देखेको छ त्यो मान्छे यमारज भन्दै देश र जनताप्रति चोट पुर्याउने शब्द प्रयोग गर्न नपाइने बताउनुभयो ।

विदेश पलायन भएका व्यक्ति वा युवालाई नेपाल फर्काउने प्रयास भइरहेका बेला जे गर्न पाउने पनि नेपालमा हो भन्ने कहाँ पाइन्छ ? भन्दै उहाँले मुलुक बनाउन सवै नेपाली एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।कलाकारले रोयल्टी लगायत पत्रकारको रक्षकको रुपमा युवा संघ नेपाल रहेको भन्दै उहाँले युवाले त्यसको बारेमा सजक रहेको बताउनुभयो ।

उहाँले युवाले कुनै पनि अवस्थामा राज्यको रक्षाको निम्ती लड्न तयार रहेको समेत बताउनुभयो।युवा संघले कसैलाई प्रतिवन्धको कुरा नगर्ने भन्दै उहाँले राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्ने गायक, पत्रकार, नागरिककर्मी लगायतलाई पूर्ण रुपमा सम्मान गरेको समेत बताउनुभयो ।

उहाँले सरकारको दुई चार जनाले विरोध गर्दैमा सरकारले अफ्नो गतिलाई व्रेक नलगाउने बताउँदै देशलाई बदनाम गर्ने कसैले कुचेष्ठा गरेमा युवा संघ नेपाल चुपलागेर नबस्ने समेत चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...