आज श्रीस्वस्थानी बर्त कथा समापन गरिँदै



हाम्रो इकोनोमि

 

पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ ।

आज भन्दा ठिक एक महिना अघि प्ररम्भ गरिएको कथाबाचन आजका माघ शुक्ल पुर्णिमाको दिन विशेष पुजा आजाको साथ विधिवत रुपमा समापन गरिन्छ ।

आज श्रीस्वस्थानीको बर्त बस्ने बर्तालुहरु भजन कृतन गरी जाग्राम बस्दछन भने कथा मात्र बाचन गर्नेहरु नदिमा गई पुजा विर्सजन गर्दछन ।

श्री स्वस्थानी बर्तकथामा उल्लेख भए अनुसार नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्रीस्वस्थानी मातासंगै श्री महादेवको पनि पुजा गर्नु, यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य फलफूल र नैबेद्यहरू यथाशक्य चढाउनु ।

पूजा सकिएपछी उक्त थालीलाई १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो ब्रत पूराभयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८ र ८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता, आठ पान , आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भनि बर्त समापन विधि बतएइको छ । पुजा पश्चात बाँकी रहेका फल तथा फुल, पुष्पहरु नदिमा मेरो बर्तको फल प्राप्त होस भनि बगाउने गरिन्छ ।

कसैले यो दिनमा बर्त समापन गर्न नहुने अवस्था भएमा नजिकैको पुर्णिमाको दिनमा समापन गर्न सकिन्छ यदि त्यो पनि नभए अन्य कुनै शुभ दिन पारी समापन गर्न सकिने कुरा पनि कथामा बताइएको छ । आजको दिनमा काठमाण्डौको शालिनदि लगायत देशको विभिन्न तिर्थस्थलहरुमा विशेष मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...