मुखले लेखेर नन्दराज भट्टले गरे डिग्री ! उहाको सम्मान स्वरूप एक शेयर गरौ !!



हाम्रो इकोनोमि

 

 

छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो ।

तर उहाँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए ।

कारण थियो, जन्मजात शारीरिक अपाङ्गता ।

उहाँ अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो ।

त्यसैले त उहाँका आमाबुवालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह दिए ।

जन्मिदा धेरैको हेयको पात्र बन्नु भएका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरुका लागि मात्र होइन, सपाङ्गहरुका लागि पनि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । कारण हो, दुवै हातखुट्टा नभएर पनि उहाँले गरिरहेको संघर्ष र प्राप्त सफलता ।

२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका–३, मा दुवै हातखुट्टाविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्ता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गर्नुभएको छ । हातखुट्टा नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल भएका उहाँ अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाको सक्रिय जीवनशैली हेर्दा लाग्छ, उहाँमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उहाँ सबलाङ्ग व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ ।

आफू जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरुको घुइँचो नै लागेको उहाँले निकै पछि थाहा पाउनुभयो । ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्ने सुझाव समेत दिएछन्’ नन्दराज भन्नुहुन्छ, ‘तर आमाबुवाको मन हो, आफैले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून् ।’

परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उहाँले बताउनुभयो । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रुपमा लिएर अघि बढ्नु पर्ने धारणा छ उहाँको ।

दुवै हातखुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थाल्नु भएको छ । यो सफलता प्राप्तिका लागि उहाँले जीवनदेखि हार नमानी कठिन संघर्ष गर्नु भएको छ, चुनौतीका पहाडहरु छिचोल्नु भएको छ ।

दुवै हातखुट्टा नहुँदा शारीरिक कठिनाई त छँदै थियो । कतिपय आफन्त, साथीभाइले हेयको रुपमा हेरे । तर उहाँले जीवनदेखि हार मान्नु भएन, बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाईसँगसँगै अन्य कार्यहरुलाई निरन्तरता दिनुभयो ।

‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरुमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो’, उहाँ सम्झनुहुन्छ, ‘हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’ समाजले जे भने पनि परिवारले पनि साथ दिएको उहाँ बताउँनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । तर पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गर्‍यो ।

त्यसपछि उहा बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना हुनुभयो र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...