मोरङको पथरी जंगलमा मारेर फालिएको युवतीको शव



हाम्रो इकोनोमि

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ ।

शुक्रबार स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा ३०/३२ बर्षको देखिने शव भेटिएको घट्नास्थलमा रहेका ब्लाष्ट खवरकर्मी दिनेश सुब्बाले जानकारी दिए ।

हाल प्रहरीले शव भएको स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । शव खोलको एकाकुनामा छोपेर राखेको पाइएको छ ।

ती महिलाले स्पोर्टसुज लगाएकीछन् । महिलाले बोक्ने झोला पनि साथमा रहेको छ ।
स्थानीयका अनुसार ती युवतीलाई लुटपाट गरि बलात्कार गरेर शव लुकाइएको आसंका गरेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले शव भेटिएको स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...