५० हजार धरौटी बुझाउन नसक्दा सीके राउतका चार कार्यकर्ता कारागार चलान
स्वतन्त्र मधेश गठबन्धनका चार कार्यक्रतालाई जेल चलान गरिएको छ । गत माघ ५ ‘बालबालिका ऐन २०७५’ अन्तर्गत पूर्पक्षका लागि थुनामा राखिएका उनीहरुलाई धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो ।
राजविराज नगरापालिकाको फर्सेठका १९ वर्षीय सरोजकुमार यादव, २३ वर्षीय श्यामकुमार यादव, तिलाठी कोइलाडी गाउँपालिका–२ का २८ वर्षीय सुशिल मण्डल र सप्तकोसी नगरपालिका–१० का १९ वर्षीय अविनाश पण्डितलाई बालबालिकालाई पोस्टर टाँस्न लगाएको कारण बालबालिका दुरुपयोग गरेको कसुर अनुसार थुनामा राखिएका थियो ।
उनीहरुले जनही ५० हजार बिगो तिर्न नसक्दा कारागार चलान गरेको जिल्ला अदालत सप्तरीले जानकारी दिएको छ ।अदालतका न्याधीश जवाहरप्रसाद सिंहको इजलासले डा सी के राउत नेतृत्वको गठबन्धनका कारागार चलान गरेको हो ।

