आयुक्त पाठकविरुद्ध आजै महाअभियोग दर्ताको तयारी



हाम्रो इकोनोमि

 

घुस लिएको अभियोगमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

 

संसदमा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले शुक्रबार बाह्रखरीसँगको कुराकानीमा आफूहरुले सांसदहरुको हस्ताक्षर संकलनको काम थालिसकेको र प्रमाण पनि जुटाइसकेको समेत जानकारी दिए । उनको भनाई थियो,‘‘प्रधानमन्त्री केपी शर्मा ओलीले यस सम्बन्धमा आवश्यक निर्देशन दिइसक्नु भएको छ । उहाँ यसबारेमा प्रष्ट हुनुहुन्छ ।”

 

आजै महाअभियोग दर्ता हुने सम्भावनाका बारेमा उनले सम्भावना रहेको बताए । पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार सार्वजनिक भएपछि उनीविरुद्ध महाअभियोगको तयारी अघि बढेको हो ।

 

स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएसँगै उनी विवादमा तानिएका हुन् ।  सञ्चालकहरूबीच नै विवाद भएपछि उक्त कलेजको विषय सार्वजनिक भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बाह्रखरीसँग शुक्रबार कुरा गर्दै आयुक्त पाठकका बारेमा आयोगमा कुनै पनि छलफल नभएको बताए ।

 

उनको भनाई थियो,‘‘आयुक्तको मामिलामा हामीले छलफल गर्न मिल्दैन । संवैधानिक रुपमा जुन निकायले हेर्नुपर्ने हो त्यसैले हेर्ला । अरु यसबारेमा हामीलाई केही पनि थाहा छैन ।’’

 

अख्तियार सदस्य पाठक विरुद्ध आजै महाअभियोग प्रस्ताव दर्ता हुन्छ: योगेश भट्टराई

एउटा निजी कलेजसँग घुष लिएको प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक विरुद्ध आजै महाअभियोग दर्ता हुने भएको छ।

 

पाठकविरुद्ध हस्ताक्षर अभियान सुरु भइसकेको र सकभर आजै उनीविरुद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिएको सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङले बताए।

 

‘भरसक आजै महाअभियोग दर्ता गर्ने तयारी गरेका छौँ, यो प्रकरणमा ढिलाई गर्न हुन्न भन्ने छ’ नेम्वाङले नेपालखबरसँग भने, ‘सम्भवत बेलुकीसम्म महाअभियोग दर्ता हुनसक्छ।’

 

नेकपाका स्थायी समिति सदस्य समेत रहेका सांसद योगेश भट्टराईका अनुसार महाअभियोग दर्ताका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि कुराकानी गर्ने योजना बनाइएको छ।

‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत सत्तारुढ संघीय समाजवादी फोरम, राजपापनि कुराकानी गर्ने विषयमा छलफल चलिरहेको छ’ भट्टराईले भने, ‘सबै दलको संलग्नतामा महाअभियोग प्रस्ताव दर्ताको प्रयास गर्नैछौँ।’

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...