नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनार कोठा भाडा तिर्न नसकेपछि स्कुलको चर्पीमा बस्दै



हाम्रो इकोनोमि

 

सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । बेनी २८ माघ ।

सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ ।

भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ ।

कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी जमुना अहिले बगरफाँटको सरस्वति आधारभुत विद्यालयको शौचालयमा बस्दै आएको छ ।

बुवा र आमालेनै दोस्रो बिवाह गरेर वेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षीय एनोस र ७ वर्षीय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासँग बस्दै आएका छन् ।

‘बुढेशकालले च्यापेपछि ज्याला मजदुरीको काम गर्न छाडे,’ जमुनाले दुख सुनाउनुभयो ‘बृद्धाभत्ता बाहेक अरु आम्दानीको स्रोत नभएपछि भाडा तिर्न नसकेर यहाँ बस्न थालेकी हुँ ।’

तीन कोठे शौचालयको एउटा कोठामा सुत्ने बज्यै नातीहरुले अर्को कोठालाई भा न्छाकोठा बनाएका छन् ।

भान्छा र सुत्ने कोठाको बिचमा रहेको चर्पी भने प्रयोगमा छ । नजिकैको अर्को चर्पीबाट पनि दुर्गन्ध आउँछ । ‘बिहान बेलुकी विद्यालयको रेखदेख गर्छु, खाली चर्पीको कोठामा बस्छु भनेर अनुरोध गरेपछि दुख देखेर प्रयोग नभएको शौचा लयमा बस्न दिएको,’ व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

विद्यालयमा भएका दुई वटा मध्य एउटा प्रयोग बिहीन शौचालयमा सुनारका परिवार बस्ने गरेका हुन् ।गत मंसिरदेखि उनीहरु शौचालयमा बस्न थालेका हुन् ।‘बुहारी बिदेश गएको बेला छोरा राजुले अर्को बिवाह ग¥यो, बुहारीले पनि दुई जना नातीलाई छाडेर दोस्रो बिवाह गरिन्’, जमुनाले भन्नुभयो ‘बाख्रा पाठा भए बेच्ने थिए, मार्न भएन्, भोकमा खान दिएर स्कुल पठाएकी छु ।’

सोही विद्यालयमा एनोस कक्षा २ र सिमसन बालकक्षामा पढ्छन् । दोस्रो बिवाह गरेर वेपत्ता भएका राजु तीन वर्षअघि बुवा बित्दा पनि घर आए का थिएनन् । सुकुम्बासी सुनारका चार भाई मध्य भारत गएका माइला र साइला छोरा पनि वेपत्ता छन् । घरमै भएका जेठा छोरा ज्याला मजदुरी गरेर जिविका चलाउँछन् ।

अन्नपात मागेर नातीहरु र आफ्नो भोक मेट्ने गरेको जमुनाले बताउनुभयो । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट नातीहरुको पढाई, नुन, तेल गर्ने खर्च जुटाउने उहाँले बताउनुभयो ।

उनिहरुलाई गत हप्ता बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था ले सातौ वार्षिकोत्सवको अवसरमा मुठ्ठीदान अभियान अन्तरगत खाद्यान्न सहयोग गरेको थियो ।

दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नुन, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक प्याक चाउचाउ, २ दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको संस्थाकी अध्यक्ष ज्योति लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...