ह्याप्पी भ्यालेन्टाइनमा आयो यस्तो खर्तनाक कविता



 

ह्याप्पी भ्यालेन्टाइन
ती अभागी अक्षरहरुलाई
जो सधैँ टाइप भएर पनि
सेन्ट हुन सकेनन्
ह्याप्पी भ्यालेन्टाइन
ती अभागी अंकहरुलाई
जो सधैँ डायल्ड भएर पनि
कल्ड हुन सकेनन् ।
र, ह्याप्पी भ्यालेन्टाइन
ती अव्यक्त भावनाहरुलाई
जो मनभरी टिलपिल भएर पनि
पोखिन सकेनन् ।

 

जवाफ कुर्दाकुर्दै
बुढा भएका प्रस्तावहरुलाई
झरेका, सुकेका च्यात्तिएका
गुलाफका फूलहरुलाई ।
सोकेसमा सजिएर पनि
बिक्न नसकेका टेडी बियरहरुलाई ।
प्रेमिका खल्तीमै पग्लेर फुटेर
फोहोर भएर प्रेमिकाको स्वाद बन्न नसेका
चकलेटहरुलाई ह्याप्पी भ्यालेन्टाइन

 

सिगरेटको ठूटो चुमिरहन विवश
प्रेमिकाको ओठ चुम्न नपाएका
सुख्खा ओठहरुलाई ह्याप्पी भ्यालेन्टाइन ।
यस पटक पनि सिरानीमै
काम चलाउन विवश न्याना
कसिला अंगालाहरुलाई ह्याप्पी भ्यालेन्टाइन ।

मुठ्ठीमा कसिएर पसिनाले भिज्दै मेटिएर
च्यात्तिदै गएका पवित्र प्रेमपत्रहरुलाई
अनि प्रेमपत्र अट्न नसकेका रित्ता खामहरुलाई
कसैको यादमा सल्किम्दै गएका सिगरेटका ठूटोलाई,
अनि रित्तिँदै गएका मदिराको बोतललाई,
मोटरसाइकलका उदास ब्याकसिटहरुलाई,
थिएटरका रित्ता आसनहरुलाई,
पार्कका खोटा टिकटहरुलाई,
होटलका बासी परिकारहरुलाई ह्याप्पी भ्यालेन्टाइन

 

प्यारो लाहुरेका सम्झनाहरु मात्र
बोकिआउने निष्ठुरी चिलगाडीहरुलाई ह्याप्पी भ्यालेन्टाइन
कारिन्दालाई बिदा नदिने हाकिमहरुलाई ह्याप्पी भ्यालेन्टाइन
हाजिरकापी बोकेर कक्षा कोठातिर लम्कँदै गरेका
खैराती मास्टरहरुलाई ह्याप्पी भ्यालेन्टाइन
फिलिम हल र सपिङ मलहरुलाई,
क्याफे र तीनका सुरुप वेट्रेसहरुलाई
ठमेल चोकमा व्यग्र नजर ओछ्याएर
प्रतीक्षारत अप्सराहरुका सस्पेन्स प्रेमीहरुलाई
हाम्रा सहयात्राका साक्षी
धुलाम्य साँघुरा सडकहरुलाई
कानैमा बेकाम हर्न बजाउने
ड्राइभर दाइहरुलाई
पिठ्युँमा हातसम्म राखिहाल्न
भ्याउने खलासी भाइहरुलाई
मेरी प्रियसीको मुहार र बक्रहरुमा
अपरिचितका अश्लील नजरवाणहरुलाई
ह्याप्पी भ्यालेन्टाइन ।

 

ह्याप्पी भ्यालेन्टाइन
समाजका साँघुरा आँखाहरुलाई
छोराछोरीको प्रणयमा बिलकुल बेखबर
अभिभावकका निश्चिन्त सुस्केराहरुलाई
गेष्ट हाउसका गेष्ट लुट्न ढुकेर
बसेका पुलिसका प्रवृत्तिहरुलाई
घाम छेक्न उठेका
तमाम हत्केलाहरुलाई ह्याप्पी भ्यालेन्टाइन

 

ह्याप्पी भ्यालेन्टाइन
प्रेमसँग हारेका बाबा मस्त मौलाहरुलाई,
प्रेमलाई हराएका खिर झाक्री र राजाहरुलाई
यो हिउँदमा अच्चाक्ली जाडो भो
बिना दुईका रुई र फुईहरुलाई
बिर्सनै नहु्ने माक्स चक्की र सुईहरुलाई
ह्याप्पी भ्यालेन्टाइन
भाइबर, वाट्स एप र मेसेन्जरहरुलाई
एसेप्ट नभएका फ्रेन्ड रिक्वेस्टहरुलाई
नभएका सिन र नआएका रिप्लाइहरुलाई
खाएका ब्लक र भएका अनफ्रेन्डहरुलाई
ह्याप्पी भ्यालेन्टाइन

 

मुग्लिन नारायणघाट सडक अझै बनेन
नौबिसेको जाम अझै खुलेन
प्रेमीहरु यता छुटे, प्रेमीकाहरु उता छुटे
यो देशमा प्रेमको माहौल नै बनेन
सरकार, ह्याप्पी भ्यालेन्टाइन

 

ह्याप्पी भ्यालेन्टाइन पोखरीमा
हामफाल्न नसकेका पुरुषको कायरतालाई
कान्छी खोज्दै हिँड्ने अतृप्त आत्माहरुलाई
अनि प्यारी सुन्दरीको सुन्दरतालाई
धन दौलत, पढाइ अनि कथित उसको सभ्य शहरलाई
सगरमाथा भन्दा अग्ला अहमहरुलाई
मात्तै गुज्रिगएका उसका
यसपालिको भ्यालेन्टाइन डेलाई
ह्याप्पी भ्यालेन्टाइन, ह्याप्पी भ्यालेन्टाइन

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

संविधान संशोधनमा कांग्रेस-एमालेबीच साझा धारणा बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत

उद्योगको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय

    नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ

जाडो मौसमलाई लक्षित गर्दै सि.जी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

    जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई] लक्षित गर्दै