…जब असईले रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्स्याए



हाम्रो इकोनोमि

 

बानेश्वरकोको एक रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्स्याउने नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत असई कपिल शाहीलाई बानेश्वर प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति बानेश्वरस्थित डिलक्स रेस्टुरेन्टमा पुगेका शाही राती अवेरसम्म साथीहरुसहित मापसे गरेर बसेका थिए । रेस्टुरेन्ट सञ्चालकले सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले पेस्तोल ताकेका थिए ।

त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेसँगै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।

शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित अर्का एक जना भुपेन्द्र शाहीलाई पनि नियन्त्रणमा लिएको थियो । शाहीलाई आवश्यक कारबाहीको लागि अपराध महाशाखामा फाइल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...