चर्चित नेपाली गीतहरुमा आवाज दिएका गायक सोनु निगम आइसियुमा !



हाम्रो इकोनोमि

 

उकाली ओराली गर्दै,फुलको डाली डालीमा लगायत थुप्रै नेपाली पुराना गीतहरुमा आवाज दिएका भारतीय गायक सोनु निगमको स्वास्थ्यमा अचानक समस्या देखिएको छ ।

उनलाई समुद्री खानाका कारण एलर्जी भएपछि अस्प ताल भर्ना गरिएको हो । सोनु उपचारका लागि नानाभाती अस्पताल मुम्बईमा भर्ना भएका छन ।उनले भारतीय नेपाली लगायत अन्य भाषाहरुमा पनि गीत गाएका छन् ।

पछिल्लो समय उनलाई गायनमा भन्दा पनि रियालिटि शोहरुमा निर्णायकको रुपमा धेरैं देखिने गरिएको छ ।

उनको तस्बिर ट्वीटरमा राखिएको छ । एउटा कन्सर्टमा प्रस्तुती दिएपछि उनले समुद्री खाना खाएका थिए ।

बलिउडका चर्चिच गायक सोनु निगमलाई सी फूड खाएपछि गम्भीर एलर्जी हुँदा आइसियुमा भर्ना गर्नुपरेको छ । उनलाई मुम्बइको नानावटी अस्पतालमा आइसीयुमा भर्ना गरिएको हो ।

अस्पतालमा दुई दिन रहेपछि अहिले भने उनी डिस्चार्ज भएका छन् । सोनुले बान्द्रा कुर्ला कम्प्लेक्समा खाना खाएका थिए । यही खानाका कारण उनलाई एलर्जी भएको बताइएको छ । एलर्जीका कारण उनको अनुहार सुन्निएको थियो । एउटा आँखा सुनिएर बन्द नै भएको थियो ।

यनले आफ्नो फोटो ट्वीटरमा शेयर गर्दै यो कुराको जानकारी दिएका हुन् । उनले आफूलाई सी फूडका कारण एलर्जी भएको भन्दै यसबाट बचेर रहन आग्रह पनि गरेका छन् ।

उनले एलर्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन् । इन्स्टाग्राममा समेत आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखे, ‘म लगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले, कहिले, कहिले पनि नलिनुहोस् । मेरो केसमा ‘सी फूड’ ।’ अहिले उनको स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...