कतारी लाउरेहरु अब घर फर्केर आउदा पिन्सेन पनि मिल्ने भो , हेर्नुहोस खुसीको खबर अरुको लागि सक्दो सेयर गर्नुहोस
ग्रेज्युटी भन्नाले काम करार सकी कम्पनी छाडेर जाने श्रमिकले वकस स्वरुप पाउने रकमलाई बुझाउँछ ।
कतार श्रमिक कानुनको एक हिस्सा हो । यो बिमा संग सम्बन्धित नभई श्रमिकको न्युनतम तलब को आधारमा हिसाब हुने गर्दछ ।
कतार सरकारले आफ्नो देश विकासमा सेवा गरे बापत आप्रवाशी कामदारहरुलाई धन्यवाद स्वरुप दिने रकम नै ग्रेज्युटी हो साथै यो अनिवार्य रुपमा लागु हुनुपर्ने कतारको नियम अन्तर्गत पर्दछ ।
यो सेवा पाउन कामदारले आफ्नो सम्झौता (करार) म्याद सम्म एउटै कम्पनीमा काम गरेको हुनुपर्दछ ।
कम्पनी र कामदारको करार अन्तर्गत दुवैको सहमतीमा ग्रेज्युटी हुनेगर्दछ । यसमा तीन हप्ता देखि एक महिना सम्मको भुत्तानी पाईन्छ ।
कसरी गरिन्छ ग्रेज्युटी को हिसाब ?
कम्पनीमा काम गरेको ५ वर्ष भन्दा कम भएको खण्डमा एक सालमा तपाईले ३ हप्ताको बोनस पाउनुहुनेछ ।
Formula : Basic Salary ÷ 30 (एक महिना) x 21 (३ हप्तामा हुने दिन) x Years (वर्ष ) जस्तै : तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा काम २ वर्ष गर्नुभएको छ भने 1000 ÷ 30 = 33.33 (एक दिन को तलब )33.33 X 21 = 700 (२१ दिन को तलब)700 X 2 = 1400 Qar बोनस पाउनुहुनेछ ।
कम्पनीमा काम गरेको ५ वर्ष भन्दा बढी र १० वर्ष भन्दा कम भएको खण्डमा एक सालमा तपाईले ४ हप्ताको बोनस पाउनुहुनेछ ।
: Basic Salary ÷ 30 (एक महिना) x 28 (चार हप्तामा हुने दिन) x Years (वर्ष ) जस्तै : तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा ७ वर्ष काम गर्नुभएको छ भने 1000÷30=33.33 (एक दिन को तलब निस्कियो)33.33 X 28=933.33933.33 X 7=6533.33 कतारी रियाल बोनस पाउनुहुनेछ ।
कम्पनीमा काम गरेको १० वर्ष भन्दा बढी भएको खण्डमा एक सालमो तपाईले ५ हप्ताको बोनस पाउनुहुनेछ ।
Formula: Basic Salary ÷ 30 (एक महिना) x 35 (पाँच हप्तामा हुने दिन) जस्तै: तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा १२ वर्ष काम गर्नुभएको छ भने 1000÷30=33.33 (एक दिन को तलब निस्कियो)33.33 X 35 =1166.551166.55 X 12 = 13998.6 कतारी रियाल बोनस पाउनुहुनेछ । From http://qnradio.com/4982


